वन तथा वातावरण मन्त्रालय वातावरण विभागले विद्यालय केन्द्रित वातावरण संरक्षण कार्यक्रमका लागि प्रस्ताव आव्हान गरेको छ ।
आव ०७९–८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ३५ ओटा विद्यालयमा सञ्चालन हुने हुदा कार्यान्वयन गर्न इच्छुक भएका सातै प्रदेशका सामुदायिक, संस्थागत वा अन्य विद्यालयबाट प्रतिवद्धता सहितको निवेदन र क्रियाकलापहरुको प्रस्ताव माग गरेको हो ।
१५ दिन भित्र आवेदन दिने विद्यालयलाई वातावरण विभागले , एक लाख ४५ हजार रुपियाँ प्रदान गर्ने विभागले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
त्यस्तै विभागले स्नातकोत्तर तह वातावरण विज्ञान विषयमा अध्ययनरत १५ जना विद्यार्थीहरुबाट पनि शोधपत्रका लागि प्रस्ताव आव्हान गरेको छ ।
वातावरण विज्ञान विषयका विभिन्न विषयमा शोधपत्र तयार पार्नका लागि मन्त्रालयले आर्थिक सहायता प्रदान गर्दै आएको छ । विभागले ४५ दिन भित्र शोध प्रस्ताव पेश गर्न सूचना जारी गरेको छ ।