After SEE Portal

सामुदायिक पुस्तकालय सुदृढीकरण अनुदान कार्यक्रमका लागि प्रस्ताव माग

Bridge Course

शिक्षा विकास निर्देशनालय बागमती प्रदेशले सामुदायिक पुस्तकालय सुदृढीकरण अनुदान कार्यक्रमका लागि प्रस्ताव माग गरेको छ । निर्देशनालयले १५ दिनभित्र नियमानुसार प्रस्ताव माग गरेको हो ।

निर्देशनालयको आव २०७९–०८० को वार्षिक कार्यक्रम अनुसार सामुदायिक पुस्तकालय सुदृढीकरण अनुदान प्रदान गर्ने कार्यक्रम अनुसार प्रस्ताव माग गरेको आज प्रकाशित सूचनामा उल्लेख गरेको छ ।

स्थानीय तहको साझेदारीमा सामुदायिक पुस्तकालय सुदृढीकरण अनुदान सम्बन्धी कार्यविधि २०७८ को दफा ४ बमोजिमको सर्त पूरा गरेका र कार्यविधिको दफा २ 'घ' को परिभाषा भित्र पर्ने सामुदायिक पुस्तकालयहरूले आवेदन दिन सक्ने सूच्नामा उल्लेख गरेको छ ।

कार्यविधि २०७८ को अनुसूची १ को ढाँचा बमोजिम प्रस्ताव तयार गरी दफा ४ का सर्तहरूलाई पुष्ट्याइँ गर्ने कागजातहरू निर्देशनालयको इमेल edd.bagamati@gmail.com   मा वा निर्देशनालयमा सीधै पेस गर्न गर्न सकिने सूचनामा उल्लेख गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books