त्रिवि दीर्घसेवाका लागि आवेदन माग

त्रिभुवन विश्वविद्यालय कर्मचारी प्रशासन महाशाखाले दीर्घसेवा पदक २०८० को लागि आवेदन माग गरेको छ ।

पच्चीस वर्ष वा सो भन्दा बढी (यस अघि कारणवश फारम भर्न नसकि पदक पाउन छुटेका) शिक्षक तथा कर्मचारीहरूले आगामी वैशाख १० गतेभित्र अनिवार्य रुपले यस महाशाखामा सिफारिस सहित आवेदन दिनुपर्ने छ ।

त्रिवि अन्तर्गतका क्याम्पस–कार्यालय–केन्द्रीय विभाग–केन्द्रलगायतका निकायहरूमा स्थायी, अस्थाई वा करार सेवामा नियुक्ति भई २०८० चैत्र मसान्तसम्म  २५ वर्ष पुरा भएका कर्मचरीले आवेदन दिन सक्नेछन् ।

विश्वविद्यालयबाट सेवाकालमा एक पटक प्रदान गरिने दीर्घसेवा पदक प्राप्त गर्नका लागि महाशाखाबाट निर्धारित संलग्न ढाँचाको फारम भरि भराई सुरु नियुक्ति पत्र, हालको नियुक्ति पत्र समावेश गरी कार्यरत निकायको निकाय प्रमुखबाट सेवा निरन्तरता प्रमाणित आवेदन दिनु पर्ने छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal