कृषि पढ्ने विद्यार्थीको कोटा बढाइदिन चीनसँग आग्रह

काठमाडौँ, १७ माघ ९रासस० ः कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले चीनमा कृषि पढ्न जाने विद्यार्थीको कोटा बढाउन चीन सरकारसँग आग्रह गर्नुभएको छ । 

आफूसँग शिष्टाचार भेटका लागि पुग्नुभएका नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलाई उहाँले पछिल्लो दिनमा निकै थोरै सङ्ख्यामा नेपाली विद्यार्थी कृषि पढ्न चीन जाने गरेकाले त्यो सङ्ख्या बढाउन आग्रह गर्नुभएको हो । 

आधिकारिक रुपमा चीनका विश्वविद्यालयमा पढ्न जाने विद्यार्थीको सङ्ख्या बढाउन सके अन्य मुलुकमा रोजगारी गर्न जानेको सङ्ख्या घट्ने र त्यसले कृषिलाई नै टेवा पु¥याउने मन्त्री खनालले विश्वास व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । 

उहाँले नेपालका हिमाली र पहाडी जिल्लामा प्रयोग हुने कृषि औजार चीनमै बनेकाले त्यसको अध्ययनका लागि पनि पढाइ र तालीम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री खनालले नेपाली कृषकका लागि आधुनिक कृषि तालीमको व्यवस्था गर्न आग्रह गर्दै चीनले नेपालको कृषि क्षेत्रको अनुसन्धान र प्रविधि विस्तारमा सहयोग गर्ने गरी गत पुस ४ गते नै सहमति भइसकेको स्मरण गर्नुभयो । 

सो परियोजनाका लागि नेपालका किसान र प्राविधिक कर्मचारी गरी कूल ६० लाई चीन लगेर र अन्य २४० किसानलाई नेपालमै तालीम दिइने सहमति भएको छ । मन्त्री खनालले कृषि क्षेत्रमा सहयोग आदानप्रदान गर्न कृषि मन्त्रालय, परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासबीच समन्वयकारी भूमिका निर्वाह गर्न एक कार्यदल बनाउन पनि प्रस्ताव गर्नुभएको छ । 

जवाफमा राजदूत होउले थप छलफल गरेर छिट्टै नेपालले प्रस्ताव गरेअनुसार सहमति गर्न चीन तयार रहेको बताउनुभयो । उहाँले नेपाल र चीनबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै आफ्नो कार्यकालमा त्यसलाई थप उचाइमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

चीनले कृषि र प्रविधिमा निकै फड्को मारेको बताउँदै राजदूतले होउले एक असल छिमेकीको नाताले त्यो सीप नेपालका लागि पनि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।