After SEE Portal

पुरानै कार्यक्रमको पुनरावृत्ति गर्दै प्रदेश सरकारको बजेट सार्वजनिक (शिक्षामा बजेट सहित)

Bridge Course

सातैओटा प्रदेश सरकारले आगामी वर्षको बजेट बक्तव्य सार्वजनिक गरेका छन् । प्रदेश सरकारले पनि अधिकांश कार्यक्रमको पुनरावृत्ति गराएका छन् भने केही नयाँ कार्यक्रम पनि सार्वजनिक गरेका छन् ।

विद्यालयका प्रधानाध्यापकको व्यवस्थापन, कोशी प्रदेश सरकारले ४२ माध्यमिक विद्यालयमा स्काउट विकास कार्यक्रम सञ्चालन, निजामती आवासीय विद्यालयलाई प्रदेशको नमूना आवासीय विद्यालय बनाउने लगायतका कार्यक्रम्का लागि बजेट विनियोजन गरेको छ ।

मधश प्रदेश सरकारको आगामी र्वाको बजेटमा दलित छात्रछात्रका लागि त्येक बालबालिकाको खाता शिक्षा बिजक रकमको सुनिश्चितता, प्रत्येक जिल्लाका १–१ ओटा विद्यालयलाई नमूना विद्यालयका रुपमा विकास गर्ने, बारा जिल्ला सिम्रौनगढ स्थित भेटेरिनरी कलेज तथा अनुसान्धान केन्द्र स्थापना लगायतका कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ ।

त्यसैगरी बागमती प्रदेशले माध्यमिक विद्यालयमा विद्यालय नर्स विस्तार, अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा,संघीय सरकारसँगको सहकार्यमा सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि तथा विषयगत शिक्षकहरूको पेशागत क्षमता विकास तालिम सञ्चालन, आवासीय विद्यालय सञ्चालन लगायतका विषयमा बजेट विनियोजन गरेको छ ।

त्यस्तै गण्डकी प्रदेशले विशिष्टिकृत जनशक्ति उत्पादन गर्ने, ‘फ्राइ डे फर फ्युचर’, क्याम्पसको आवश्यकता, क्षमता र नतिजाको आधारमा अनुदान प्रदानेउच्च शिक्षा छात्रवृति कार्यक्रम, सिक्दै कमाउदै कमाउदै सिक्ने कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम्का लागि बजेट विनियोजन गरेको छ ।

लुम्बिनी प्रदेश सरकारको बजेटमा लुम्बिनी प्राविधिक विश्वविद्यालयबाट सूचना प्राविधि तथा सिभिल ईञ्जिनियरिङ विषयको कक्षा सञ्चालन,उत्कृष्ट शिक्षालयलाई सम्मानः कमजोरलाई प्रोत्साहन,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,शिक्षक, कर्मचारीलाई प्रोत्साहन तथा सम्मान,१ हजार भन्दा बढी विद्यार्थी भएका ठुला विद्यालयहरूमा विज्ञान शिक्षा विकास लगायतका कार्यक्रम्का लागि बजेट विनियोजन गरेको छ ।

कर्णाली प्रदेश सरकारले आगामी वर्षको बजेटमा शिक्षामा आवासीय विद्यालयहरूको पूर्वाधार विकास, एक जिल्ला एक नमुना विद्यालय निर्माण, दलित, अपाङ्ग, सहिद सन्तति, लोपोन्मुख सीमान्तकृत छात्रवृत्ति, राष्ट्रिय व्यावसायिक योग्यता प्रारूपको आधारमा परम्परागत तथा आधुनिक सिपको परीक्षण, प्रमाणीकरण, प्रवर्द्धन र उद्यमीकरण गर्न आवश्यक बजेटको व्यवस्था गरेको घोषणा गरेको छ ।

सुदुर पश्चिम प्रदेश सरकारले आगामी वर्षको बजेटमा मुख्यमन्त्री शैक्षिक पूर्वाधार विकास तथा गुणस्तर सुधार कार्यक्रम सञ्चालन, देश विश्वविद्यालय स्थापना,प्रत्येक स्थानीय तहमा एक एक ओटा बालविकास केन्द्रलाई नमुना बालविकास केन्द्र,दिवा खाजा कार्यक्रम लगायतका शीर्षकमा बजेट विनियोजन गरेको छ ।

हेर्नुहोस् सातैओटा प्रदेश सरकारले शिक्षामा छुट्याएको बजेट

कोशी प्रदेश

सामाजिक विकास

११८. ‘प्रदेश निर्माणको आधार, गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार’ माध्यमिक विद्यालयहरूको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय सुधारका लागि स्थानीय तहसँगको साझेदारीमा नमूना विद्यालय विकासका कार्यक्रम सञ्चालन गर्न रु. ४करोड ९८ लाख बजेट विनियोजन गरेको छु।

११९. सामाजिक र व्यावहारिक ज्ञान, सीप प्रदान गरी आवश्यक समयमा स्वयंसेवा गर्न सक्ने नागरिक तयार गर्न ४२ माध्यमिक विद्यालयमा स्काउट विकास कार्यक्रम सञ्चालनका लागि बजेट व्यवस्था गरेको छु ।

१२०. विद्यालयका प्रधानाध्यापकको व्यवस्थापन, शिक्षकहरुको प्रमाणिकरण र फरक क्षमता भएका बालबालिकहरुका लागि अध्यापनरत शिक्षकहरुलाई आवश्यक तालिम प्रदान गरी पेशागत क्षमता अभिवृद्धि मार्फत विद्यार्थीहरुको सिकाई क्षमतामा विकास गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।

१२१. धनकुटामा रहेको निजामती आवासीय विद्यालयलाई प्रदेशको नमूना आवासीय विद्यालय बनाउन शैक्षिक, भौतिक एवं व्यवस्थापकीय सुधारका लागि त्रिभुवन विश्वविद्यालयको सहयोगमा अध्ययन अनुसन्धान गराउन बजेट व्यवस्था गरेको छु।

१२२. साक्षर प्रदेश घोषणा भइसकेको हुँदा समुदायमा रहेका नव साक्षरहरूलाई सामुदायिक पुस्तकालय र सामुदायिक सिकाइ केन्द्रबाट निरन्तर शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्न बजेट व्यवस्था गरेको छु ।

१२३. प्रदेश भित्र सञ्चालनमा रहेका प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम प्रदान गर्ने विद्यालय तथा शिक्षालयहरूको मापदण्डका आधारमा स्तर निर्धारण गरी गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमका लागि व्यवस्थापन सुधार तथा जनशक्ति विकासका कार्यक्रम गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।

१२४. मनमोहन प्राविधिक विश्वविद्यालयलाई प्रदेशको विशिष्टीकृत शैक्षिक संस्थाको रुपमा विकास गर्न भौतिक संरचना निर्माण तथा व्यवस्थापकीय सुधार गर्दै इन्जिनियरिङ र स्वास्थ्य विषयमा उच्च शिक्षाका कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएको छु । यसका लागि रु.२१ करोड ३६ लाख बजेट विनियोजन गरेको छु ।

१२५. प्रदेशमा सञ्चालनमा रहेका सामुदायिक क्याम्पसहरूको सुदृढीकरण गरी गुणस्तरीय तथा रोजगारमूलक शिक्षाको सुनिश्चितताका लागि पूँजीगत तथा सञ्चालन अनुदानका लागि रु। ६ करोड ५१ लाख बजेट व्यवस्था गरेको छु ।

१२६. विभिन्न प्रकृतिका विपद्को कारण शिक्षण संस्थाहरूमा हुने शैक्षिक तथा भौतिक क्षतिको न्यूनीकरण गर्दै सिकाइ निरन्तरताका लागि बजेट विनियोजन गरेको छु।

१२७. आर्थिक–सामाजिक रुपले पछाडी परेका तथा दलित समुदाय र अपाङ्गता भएका विद्यार्थीलाई उच्च शिक्षामा पहुँच बृद्धि गर्न छात्रबृति प्रदान गर्न बजेट व्यवस्था गरेको छु ।

मधेश प्रदेश

डोम, मुसहर, चमार, दुषाध र हलखोर जातिका बालबालिकाहरुलाई विद्यालयमा ल्याउन र टिकाउने दरलाई अभिबृद्धि गर्न दलित शिक्षा अभियान अन्तर्गत प्रत्येक बालबालिकाको खाता शिक्षा बिजक रकमको सुनिश्चितता

मधेश स्वास्थय विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षाको अध्ययन अध्यापन कार्य प्रारम्भ भएको विदितैछ । यस प्रतिष्ठानलाई प्रादेशिक गौरवको आयोजनाको रुपमा विकसित गर्न गुरुयोजना बनाई क्रमशः कार्यान्वयन गर्दै लगिनेछ । प्रतिष्ठानमा विशिष्टकृत सेवाहरु प्रदान गर्न (हृदय रोग, क्यान्सर, जेरियाट्रिक तथा मानसिक रोगहरु उपचार केन्द्र) संस्थागत सुधार जनशक्तिको प्रबन्ध एवं आवश्यक पूर्वाधारहरुको निर्माण गर्न समग्रमा रु. १५ करोड विनियोजन गरेको छु ।

१२१. प्रत्येक जिल्लाका १र१ वटा विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्न राष्ट्रिय स्तरमा ख्याती प्राप्त विद्यालयहरुमा आवश्यकता अनुसार भौतिक तथा समाजिक पूर्वाधार निर्माण एवं क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्न यथोचित विनियोजन गरेको छु ।

१२२ मधेश प्रदेश कृषि विश्वविद्यालयको आवश्यक भौतिक पूर्वाधार निर्माणको लागि रु. ३० करोड विनियोजन गरेको छु।

१२३. प्रस्तावित बारा जिल्ला सिम्रौनगढ स्थित भेटेरिनरी कलेज तथा अनुसान्धान केन्द्र स्थापनाको लागि रु। २ विनियोजन गरेको छु ।

१२४। मधेश विश्वविद्यालय अन्तर्गत सर्लाही जिल्लाको चक्रघट्टामा कन्या कलेज स्थापना गर्न रु। १ करोड विनियोजन गरेको छु ।

१२५. उच्च कार्य सम्पादन गर्ने सामुदायिक क्याम्पसलाई विशेष अनुदानको व्यवस्था गरेको छु ।

१२६. नागरिकको गुणस्तरीय शिक्षाको हकलाई आत्मसात गर्दै प्रदेश भित्र रहेका विद्यालयहरुको भौतिक तथा अन्य पूर्वाधारहरुलाई क्रमिक रुपमा विकास गर्दै लगिनेछ । साथै विद्यालय शिक्षामा नविनतम सूचना प्रविधि तथा स्थानीय भाषाहरुको प्रयोग गरी टेली शिक्षा प्रणालीको शुरुवात गर्न रु। १० करोड विनियोजन गरेको छु ।

१२७. मधेशको पहिचान, लोककला, साहित्य, संस्कृति, भाषा, भेषभुषालाई संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्न मधेशको गौरवमय इतिहास लेख कार्यको लागि रु. ३ करोड विनियोजन गरेको छु ।

१२८. प्रदेशको आफ्नै डाटा बैंक, भूमि बैक तथा प्रोजेक्ट बैक निमार्णको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

१२९. सामाजिक रुपान्तरण तथा लैङ्गिक सशक्तिकरणका लागि मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छोरी बीमा, छात्रवृत्ति, लोक सेवा आयोग तयारी कक्षा समाजमा रहेका विभेदको अंतकोलागि विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिदै कक्षा ८ देखि १० सम्म अध्ययनरत् बालिकाहरुलाई मासिक रुपले निःशुल्क सेनेटरी प्याड वितरणका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

बागमती प्रदेश

किशोर किशोरीको स्वास्य सेवा प्रवर्धन तथा परामर्श र प्राथमिक उपचार सेवा प्रवाह गने उद्देश्यकासाथ सञ्चालित ‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रलाई आमथिक बर्ष २०८०–८१ मा प्रदेश भित्रका दशजोड दई अध्यापन गराउनेसबै विद्यालयहरूमा विस्तार गरिएको छ। सो कार्यक्रमका लागि रु.३० करोड ७४ लाख विमनयोजन गरेको छु।

शिक्षा, खेलकुद र सामाजिक विकास

१०७ प्रदेशस्तरमा शिक्षालाई थप व्यवस्थित र योजनाबद्धरूपमा सञ्चालन गर्न प्रादेशिक शिक्षा नीति तथा एकीकृत बालविकास र शिक्षा सम्वन्धी रणनीति तर्जुमा गरी कार्यान्वयन गरिनेछ । स्थानीय तहमा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गर्न रु. ८ करोड व्यवस्था गरेको छु ।

१०८. सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर अभिवृद्धिका लागि विद्यार्थी केन्द्रित व्यवस्थापन र विद्यार्थी उपलब्धी सुधार कार्यक्रमलाई निरन्तरता दिएको छु । यसका लागि रु. ११ करोड विनियोजन गरेको छु। माध्यमिक तहमा शून्य दरवन्दी भएका सामुदायिक माध्यमिक विद्यालयहरूलाई प्रदान गर्ने अनुदानलाई निरन्तरता दिन रु. १५ करोड ३३ लाख विनियोजन गरेको छु ।

१०९. सामुदायिक विद्यालयको भवन निर्माण, घेराबार, शौचालय र शुद्ध खानेपानी व्यवस्थापन लगायतका भौतिक पूर्वाधार निर्माणका लागि रु. ६१ करोड विनियोजन गरेको छु ।

११०. प्रदेश भित्र सञ्चालन भएका सामुदायिक क्याम्पसहरूको शैक्षिक सुदृढीकरण गरी उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि रकम छुट्याएको छु ।

१११. संघीय सरकारसँगको सहकार्यमा सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि तथा विषयगत शिक्षकहरूको पेशागत क्षमता विकास तालिम सञ्चालनको लागि आवश्यक रकम विनियोजन गरेको छु।

११२. अल्पसङ्ख्यक, लोपोन्मुख, अति सिमान्तकृत, दलित र आर्थिक रूपमा पिछडिएको समुदायका छात्रछात्राको शिक्षामा पहुँच अभिवृद्धिका लागि आवासीय विद्यालय सञ्चालन गर्नका लागि रु. ३ करोड विनियोजन गरेको छु ।

११३. प्रदेशको उच्च शिक्षालाई थप व्यवस्थित गरी अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी जनशक्ति उत्पादन

गर्न प्रदेश विश्वविद्यालय स्थापना गरिनेछ । सम्भाव्यताका आधारमा मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना गर्ने व्यवस्था मिलाइनेछ। यसका लागि रु। ५ करोड बजेट व्यवस्था गरेको छु। उच्च शिक्षा अध्ययनरत छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्ने व्यवस्थालाई निरन्तरता दिएको छु।

११४. विद्यालय शिक्षादेखि नै विद्यार्थीहरूलाई जीवनउपयोगी तथा व्यवहारिक ज्ञान र सीप सिकाउन सामुदायिक विद्यालयमा सिक्दै कमाउदै कमाउदै सिक्दै कार्यक्रम विस्तार गर्न बजेटको व्यवस्था गरेको छु ।

११५. सीप सिकौं स्वरोजगार बनौ भन्ने नारालाई कार्यान्वयन गर्न प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम परिषद् गठन गरी प्रदेशस्तरमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमलाई एकीकृतरूपमा सञ्चालन गर्ने व्यवस्था मिलाएको छु। विभिन्न तालिम र वैदेशिक रोजगार मार्फत आर्जन गरेका सीपको मान्यता प्रदान गर्न सीप परीक्षण केन्द्र गठन गरिनेछ । विप्रेषण मार्फत प्राप्त रकमलाई उत्पादनमूलक प्रयोग गर्न प्रोत्साहित गरिनेछ ।

११६. प्रदेशमा अध्ययन र अनुसन्धानलाई प्रोत्साहन गर्न विज्ञान प्रविधि, नवप्रवर्तन र विकास कोष स्थापनाका लागि आवश्यक कानुनी र संस्थागत व्यवस्था गरिनेछ। नवप्रवर्तनलाई उत्प्रेरित गर्न रु. २ करोड विनियोजन गरेको छु ।

११७. स्वदेशमा उत्पादित दक्ष प्राविधिक जनशक्तिलाई बागमती प्रदेशको विकास निर्माणमा सहभागी गराई विदेश पलायन हुनबाट रोक्न जनशक्ति उत्पादन गर्ने सरकारी, सामुदायिक तथा निजी संस्थाहरूसँग सहकार्य गरी विशेष युवा प्राविधिक जनशक्ति परिचालन गर्ने व्यवस्था मिलाइनेछ ।

११८. युवा उद्यमशीलता तथा रोजगार अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न युवालाई तालिम, सीप, बीउपुँजी, प्रविधि र परामर्श प्रदान गर्न आवश्यक व्यवस्था मिलाएको छु। सो कार्यक्रमको लागि रु. १५ करोड छुट्याएको छु।

गण्डकी

विद्यालयमा अध्ययनरत विद्याथीहरुको स्वस्थ जीवनशैली प्रप्रवर्धन गर्न “विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम” तथा “विद्यालय नर्स कायिक्रम” थप विस्तार गर्नका लार्ग आवश्यक बजेट विनियोजन गरेको छु।

शिक्षा तथा सामाजिक विकास

१००. विश्वविद्यालय लगायतका शिक्षण संस्थाबाट उत्पादन भएका जनशक्तिको विश्लेषण गरी बजारको माग बमोजिम विशिष्टिकृत जनशक्ति उत्पादन गर्न गण्डकी विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण एवम् शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यकता र प्रगतिको आधारमा अनुदान रकम उपलब्ध गराउने व्यवस्था मिलाएको छु। यसको लागि रु १५ करोड विनियोजन गरेको छु ।

१०१. विद्यार्थीमा अन्तरनिहित प्रतिभाको प्रस्फुटन र सामुदायिक विद्यालयको प्रतिस्पर्धी क्षमताको विकासका लागि ‘फ्राइ डे फर फ्युचर’ कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु

१०२। माध्यमिक शिक्षा परीक्षा ९कक्षा १० ( क्भ्भ् ० लाई थप मर्यादित र व्यवस्थित गर्दै लगिनेछ। माध्यमिक तह कक्षा ९ र १० को ऐच्छिक विषयमा नैतिक शिक्षा र आधारभूत तहमा मातृभाषा समेत समावेश गरी पाठ्यक्रम निर्माण र कार्यान्वयनमा स्थानीय तहलाई सहजीकरण गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।

१०३. सामुदायिक क्याम्पससँग प्रवेश सरकार कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न प्रदेश भित्रका सामुदायिक क्याम्पसको आवश्यकता, क्षमता र नतिजाको आधारमा अनुदान प्रदान गर्न रु १ करोड ७५ लाख बजेट विनियोजन गरेको छु ।

१०४. दुर्गम तथा छरिएका बस्ती क्षेत्रका विद्यालयमा आवश्यकता अनुसार ठूला विद्यालय, लिड विद्यालय, आवासीय विद्यालय तथा भौगोलिक विषमता र विकासको दृष्टिकोणले पछि परेका गोरखाको चुमनुव्री र धार्चे गाउँपालिका तथा मनाङको नापभूमि गाँउपालिकाको शैक्षिक गुणस्तर सुधार र सुदृढीकरणको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

१०५. उच्च शिक्षा अध्ययनका लागि गरीब, दलित, शहीद, इन्द्र पीडित र बेपत्ता पारिएका व्यक्तिका परिवारका सन्तति, लोपोन्मुख, अल्पसंख्यक र अपाङ्गता भएका विधार्थीको सिकाईलाई निरन्तरता दिन उच्च शिक्षा छात्रवृति कार्यक्रम सञ्चालन गरिनेछ । प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन भएका सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्न सिक्दै कमाउदै कमाउदै सिक्ने कार्यक्रम सञ्चालन गरिनेछ। यस कार्यक्रमको लागि रु. १ करोड बजेट विनियोजन गरेको छु ।

१०६ विद्यार्थीको सिकाई उपलब्धि वृद्धि गर्न, शिक्षामा नवप्रवर्तन गर्न र गरेर सिक्ने वातावरण सिर्जना गर्न एवम् बालविकास कक्षामा सिकाई सामग्रीको आपूर्तिदेखि उच्च शिक्षासम्मको व्यवस्थापनको लागि प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्न रू। ४ करोड ५० लाख विनियोजन गरेको छु।

१०७ बौद्धिक अपाङ्गता भएका बालबालिकाको शिक्षा सम्बन्धी अधिकारको प्रत्याभूति गर्न सङ्घीय सरकारसँगको सहकार्यमा भौतिक संरचना निर्माण र विशेष विद्यालय एवं स्रोतकक्षाको स्तरोन्नतिको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

१०८। कोरोना महामारीका कारण बाबु, आमा वा दुवै अभिभावक गुमाएका बालबालिकालाई सामाजिक सुरक्षास्वरूप प्रदान गरिएको मासिक रु पाँच हजार लाई निरन्तरता दिएको छु । यस कार्यक्रमको लागि रु। १ करोड बजेट विनियोजन गरेको छु ।

गुरुकुल, गुम्बा, मदरसा जस्ता धार्मिक प्रकृतिका विद्यालय र वैकल्पिक शैक्षिक संस्थाको भौतिक एवम् शैक्षिक अवस्था सुधार गरी औपचारिक शिक्षामा मूलप्रवाहीकरण गनृ आवश्यक बजेट विवर्नयोजन गरेको छु।

लुम्बिनी प्रदेश

६६. प्रदेश गौरव आयोजनाका रूपमा लुम्बिनी प्राविधिक विश्वविद्यालयबाट सूचना प्राविधि तथा सिभिल ईञ्जिनियरिङ विषयको कक्षा सञ्चालन गर्न रु.१० करोड विनियोजन

गरिएको छ ।

६७. उच्च शिक्षामा गुणस्तर अभिवृद्धि गर्न सामुदायिक क्याम्पसको भौतिक पूर्वाधार विकास सहित विभिन्न विषय क्षेत्रमा अनुसन्धानमूलक शिक्षण सिकाइ कार्यक्रमको लागि बजेट विनियोजन गरेको छु ।

६८. लक्षित वर्गका विद्यार्थीलाई उच्च शिक्षामा दिँदै आएको छात्रवृत्ति र विज्ञान शिक्षाको छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिन रू.६ करोड २० लाख विनियोजन गरिएको छ।

अधिक विद्यार्थी सङ्ख्या भएका विद्यालयको सुधार र शिक्षा क्षेत्रको पहुँच, गुणस्तर र क्षमता वृद्धिका लागि उत्कृष्ट शिक्षालयलाई सम्मानः कमजोरलाई प्रोत्साहन भन्ने अभियान सहित प्रदेश प्रमुख शैक्षिक विकास कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।

७०. शिक्षा क्षेत्रमा उल्लेख्य योगदान दिएका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,शिक्षक, कर्मचारीलाई प्रोत्साहन तथा सम्मानको लागि बजेटको व्यवस्था गरेको छु । असल अभ्यास भएका विद्यालयसँग कमजोर क्षमताका विद्यालयबीच अन्तरक्रियाका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

७१. बालमैत्री विद्यालय विकास गर्न पूर्वाधार सुधार तथा सूचना प्रविधिमूलक शिक्षण सिकाईका क्रियाकलापका लागि डिजिटल प्रविधिमा आधारित सामग्री खरिद गर्न विद्यालयलाई अनुदान दिने कार्यक्रमको लागि रु।३० करोड बजेट प्रस्ताव गरेको छु । स्थानीय तह र प्रदेश तहका शिक्षा सेवाका कर्मचारीको पेशागत दक्षता अभिवृद्धि गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।

७२. विद्यालय बाहिर रहेका र औपचारिक शिक्षाबाट वञ्चित बालबालिकाको सिकाइ र सीप विकासका लागि अनौपचारिक शिक्षातर्फको तह १२ को पाठ्यक्रम विकास, सिकाइ सामग्री व्यवस्था सहित राष्ट्रिय योग्यता प्रारूपको प्रबोधीकरणका कार्यक्रम सञ्चालन गर्नको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।

७३. मदरसा, गुम्बा तथा गुरुकुलको पूर्वाधार विकास तथा विशेष शिक्षा एवं अटिजम विद्यालय र विद्यार्थीलाई सहयोगका लागि आवश्यक बजेट विनियोजन गरेको छु । स्थानीय तहसँगको समन्वयमा आगामी आर्थिक वर्षमा समायोजन हुने विद्यालयलाई प्रोत्साहन गर्न रू. १ करोड ५० लाख बजेट व्यवस्था गरेको छु ।

राप्ती प्राविधिक शिक्षालयलाई रू. ६ करोड, श्री मावि मौरीघाटको लागि रू. ३ करोड र १ हजार भन्दा बढी विद्यार्थी भएका ठुला विद्यालयहरूमा विज्ञान शिक्षा विकासका लागि रू.६ करोड विशेष अनुदान व्यवस्था गरेको छु । राप्ती प्राविधिक शिक्षालय स्थानान्तरण भएको सरस्वती माध्यमिक विद्यालय, गढवालाई भवन निर्माणका लागि बजेट विनियोजन गरेको छु ।

७५. प्रदेशमा खेलकुद क्षेत्रको रणनीतिक योजना बनाई खेल अर्थतन्त्रको प्रवर्धन गर्न राष्ट्रिय प्राथमिकता प्राप्त रङ्गशाला लगायत अन्य रङ्गशाला, कभर्डहल तथा खेल मैदान निर्माण तथा स्तरोन्नतिका लागि र पुराना, मौलिक तथा लोपोन्मुख खेलको स्थानीय तह तथा सरोकारवालाको सहयोगमा अध्ययन गरी संरक्षण गर्ने कामका लागि समेत रू।८ करोड बजेटको व्यवस्था गरेको छु ।

७६.  शिक्षालयमा नवप्रवर्तन प्रवर्धन कार्यक्रमका लागि रु। १ करोड बजेट प्रस्ताव गरिएको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी हुने युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न समेत बजेट व्यवस्था गरेको छु ।

कर्णाली प्रदेश

शिक्षा तथा शक्षिक पूर्वाधार

१०१. शैक्षिक पूर्वाधार विकास तर्फ सामुदायिक विद्यालय पूर्वाधार विकास कार्यक्रम सञ्चालनलाई निरन्तरता दिएको छु । यसबाट थप विद्यार्थीहरूले सुरक्षित र सुविधायुक्त कक्षाकोठामा अध्ययन गर्ने अवसर प्राप्त गर्ने छन् । साथै विपद्बाट क्षति भएका विद्यालयहरूको पुनर्निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।

१०२. हिमाली क्षेत्रका जिल्लाहरूमा निर्माणाधीन आवासीय विद्यालयहरूको पूर्वाधार विकास कार्यलाई निरन्तरता दिइनेछ । हिमाली क्षेत्रका विद्यालयहरूमा हिउँदको समयमा पठनपाठन असहज हुने हुँदा त्यस क्षेत्रका विद्यार्थीहरूलाई सिकाईमा निरन्तरता दिनको लागि सुर्खेतमा आवासीय विद्यालयको पूर्वाधार विकास गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।

१०३. कर्णाली सार्वजनिक शिक्षा सुधार अन्तर्गत सामुदायिक विद्यालयको प्रविधिमैत्री शिक्षण सिकाइलाई प्रभावकारी बनाउन सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला, इ–लर्निङ्ग, शिक्षण सिकाई केन्द्र तथा विद्यालय व्यवस्थापन प्रणाली स्थापना गरी दक्ष, सिपयुक्त र नैतिकवान् जनशक्ति उत्पादन गर्न एक जिल्ला एक नमुना विद्यालय निर्माण गर्न रू. १४ करोड विनियोजन गरेको छु ।

१०४. विद्यालयहरूमा शौचालय, सूचना प्रविधि प्रयोगशाला ई–लाइब्रेरी, पुस्तकालय लगायत पूर्वाधार विकासको लागि आवश्यक बजेट व्यवस्था गरेको छु।

१०५. प्रविधिमैत्री शिक्षण सिकाइलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्न दक्ष सीपयुक्त जनशक्ति उत्पादनमा प्राथमिकता दिइनेछ ।

१०६. सङ्घ र स्थानीय तहसँगको समन्वय र सहकार्यमा कर्णाली प्रदेशलाई पूर्णाक्ष प्रदेश घोषणा गर्ने व्यवस्था मिलाएको छु ।

१०७. शैक्षिक जनशक्तिको पेशागत दक्षता अभिवृद्धिका लागि जनशक्ति विकासका कार्यक्रम सञ्चालनको व्यवस्था मिलाएको छु । प्रदेशभित्र दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्न तथा सबैलाई शिक्षाको समान अवसर दिलाउन प्राविधिक छोरीबुहारी छात्रवृत्ति, दलित, अपाङ्ग, सहिद सन्तति, लोपोन्मुख सीमान्तकृत छात्रवृत्तिका लागि आवश्यक रकम विनियोजन गरेको छु ।

१०८. सिप तथा प्रविधियुक्त जनशक्ति उत्पादन गर्न व्यावसायिक शिक्षा प्रवर्द्धनको लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने छ । राष्ट्रिय व्यावसायिक योग्यता प्रारूपको आधारमा परम्परागत तथा आधुनिक सिपको परीक्षण, प्रमाणीकरण, प्रवर्द्धन र उद्यमीकरण गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।

१०९. विशेष शिक्षा कक्षा सञ्चालन भएका विद्यालयको पूर्वाधार विकासमा आवश्यक सहयोग गरिनेछ ।

सुदुरपश्चिम

शिक्षा

७८. हिमाली र पहाडी क्षेत्रका सिकाइ उपलब्धि न्यून रहेका, भौतिक पूर्वाधार कमजोर रहेका र शैक्षिक गुणस्तर कमजोर रहेका विद्यालय सुधारका लागि मुख्यमन्त्री शैक्षिक पूर्वाधार विकास तथा गुणस्तर सुधार कार्यक्रम सञ्चालन गरिनेछ। यस कार्यक्रम अन्तर्गत प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा स्थानीय माग र आवश्यकतामा आधारित नमुना विद्यालय स्थापना, शैक्षिक गुणस्तर सुधार एवम् विद्यालय उच्च शिक्षा श्रृङ्खला स्थापित गरी गुणस्तरीय शैक्षिक जनशक्ति विकास गर्ने लगायतका कार्यक्रमका लागी रु. १ करोड ५० लाख विनियोजन गरेको छु ।

७९. मुख्यमन्त्री शैक्षिक पूर्वाधार विकास तथा गुणस्तर सुधार कार्यक्रम अन्तर्गत स्थानीय तहसँगको साझेदारीमा बाजुरा जिल्लामा सामुदायिक आवासीय विद्यालय सञ्चालनका लागि रु। ५ करोड विनियोजन गरेको छु ।

८०. उच्च शिक्षाको पहुँच र गुणस्तर बढाउन प्रदेश विश्वविद्यालय स्थापनाको कार्य अगाडि बढाइनेछ। उच्च शिक्षालाई अनुसन्धान एवम् नवप्रवर्तनसँग आवद्ध गर्न सुदूरपश्चिम विश्वविद्यालयलाई अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छु।

८१. सामुदायिक क्याम्पसहरूलाई कार्यसम्पादनका आधारमा अनुदानको व्यवस्था गरेको छु। प्राविधिक शिक्षा प्रदान गर्ने र विज्ञान विषय पठनपाठन हुने सामुदायिक विद्यालयको पूर्वाधार विकास र प्रयोगशाला सुदृढीकरणका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।

८२. संघ सरकार र स्थानीय तहसँगको साझेदारीमा प्रत्येक स्थानीय तहमा एक एक ओटा बालविकास केन्द्रलाई नमुना बालविकास केन्द्रको रूपमा विकास गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छु । बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्थाको सुधार गर्न विद्यालय दिवा खाजा कार्यक्रमका लागि रु. ८ करोड विनियोजन गरेको छु ।

८३. समावेशी शिक्षा प्रवर्धन गर्न अपाङ्गता भएका र सीमान्तकृत वर्गका बालबालिका लक्षित शैक्षिक पूर्वाधार निर्माण तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिनेछ । वादी समुदायका बालबालिकाको पहुँच अभिवृद्धिका लागि वादी उत्थान छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छु ।

८४. गरिब, विपन्न, सहिद तथा बेपत्ता परिवार, अपाङ्ग, महिला, दलित, मुक्त कमैया, कम्लहरी, हलिया र सीमान्तकृत वर्गका छात्रछात्रा तथा जेहेन्दार विद्यार्थीको उच्च शिक्षा र चिकित्सा शिक्षामा पहुँच बढाउन प्राविधिक शिक्षा छात्रवृत्ति प्रदान गर्ने व्यवस्था मिलाएको छु। शैक्षिक छात्रवृत्ति विस्तार कार्यक्रमका लागि रु। ४ करोड ८६ लाख बजेट विनियोजन गरेको छु ।

८५. सीप परीक्षण केन्द्रको सुदृढीकरण गरी परम्परागत सीप प्रमाणीकरण गरिनेछ । पूर्व सिकाइको मान्यता प्रणालीद्वारा प्रदेशभित्रका युवाको परम्परागत सीप परीक्षणको व्यवस्था मिलाएको छु ।

८६. शिक्षा तालिम केन्द्रमा डिजिटल सिकाइ केन्द्र सञ्चालनमा ल्याइनेछ । शिक्षकको दक्षता अभिवृद्धि गरी शिक्षा सिकाइलाई प्रभावकारी तुल्याउन सेवाकालीन तालिमका साथै अनुसन्धानमा तथा सुचना प्रविधिमा आधारित तालिम कार्यक्रम सञ्चालन गरिनेछ । शिक्षकको दक्षता अभिवृद्धि गरी शैक्षिक गुणस्तर सुधारका लागि रु. १ करोड ६० लाख विनियोजन गरेको छु ।

A Levels MA
Thuprai - Books and E-books