After SEE Portal

त्रिविको सुधार प्राथमिकतामाः उपकुलपति बराल

Bridge Course

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का कुलपति तथा प्रधानमन्त्रीसंग नियुक्ति पत्र बुझेपछि पत्रकारले सोधेको प्रश्नमा व्यक्त उपकुलपतिको विचार विस्तृतमाः

त्रिविको खस्कदो साख कसरी जोगाउनु हुन्छ ? हजुरको योजना कस्तो छ ?

त्रिविको साख जानुका तीनओटा कारण छन् । पहिलो शैक्षिक पात्रो तयार गरेर कार्यान्वयन गर्न सकेका छैनौं । पठनपाठन समयमा सकेका छैनौं । दोस्रो कुरा परीक्षा समयमा गरेपनि नतिजा समयमा सार्वजनिक गरेका छैनौं । यी दुइटा महत्त्वपूर्ण कारण विद्यार्थी अभिभावकमा साख गुमाएका छौं । तेस्रो सहायक कारण पाठ्यक्रम अद्यावधिक छैन । हाम्रो पाठ्यक्रम बजारको अनुरुप अद्यावधिक गर्न सकेका छैनौं । यी कारण त्रिवि प्रति आकर्षण घट्न गएको हो कि भन्ने लागेको हो । तर पनि अझै पनि नेपालको उच्च शिक्षामा ७५ देखि ८० (कुनै वर्ष ७५ कुनै वर्ष ८०) प्रतिशत भार त्रिविको छ । नेपालको उच्च शिक्षामा न्यूनतम त्रिविको कन्टिव्युसन ७५ प्रतिशत छ । यसकारण एउटा चार वर्षको प्रोग्राम लाई ५– ६ वर्ष लाग्ने र अर्को कुरा पढाइ सकेपछि पनि नतिजा समयमा नहुने हाम्रो शिक्षा अभिभावक विद्यार्थी र देशका लागि महंगो पर्न गएको हो । त्यसकारण नेपालका विद्यार्थी बढी विदेशिएका हुन् । अन्य कारण पनि छन् तर विशेषगरी छिमेकी मुलुकमा तुलनात्मक रुपमा सस्तो पर्छ त्यसकारण छिमेकी मुलुकमा विद्यार्थी पढ्न गएका हुन् ।

विद्यार्थी टिकाउन के गर्नुहुन्छ ?

पोखरा विश्वविद्यालयमा उपकुलपति हुँदा पनि यहि समस्या थियो । विद्यार्थी टिकाउन मेरो अनुभवका आधारमा भन्नु पर्दा पोखरा विश्वविद्यालयमा शैक्षिक क्यालेण्डरलाई ट्रयाकमा ल्याए, समयमा परीक्षाफल निकाले, कोर्स अद्यावधिक गरे, विद्यार्थी ओइरो लाग्यो । यहाँ पनि त्यही गर्छु ।

त्रिविमा विद्यार्थी धेरै छन् कसरी व्यवस्थापन गर्नुहुन्छ ?

व्यवस्थापनमा साइज समस्या होइन ।  हाम्रो उद्देश्यमा व्यवस्थापनको समस्या हो । भिसि भनेको हाकिम होइन । भिसि उच्च शिक्षाको मेनेजर हो । भिसिले हाकिम भन्दा संस्थाको व्यवस्थापन मेनेजरको रुपमा गर्नुपर्छ । साइज जत्रो भएपनि सही व्यवस्थापन गर्नुपर्छ ।

रेक्टर रजिस्टार डिन भागबण्डामा नियुक्ति गर्ने गरिएको छ अब कसरी गर्नुहुन्छ ? तपाईंलाई पनि पार्टीको ट्याग लागेको छ अब के गर्नुहुन्छ ?

तीनओटा रेक्टर रजिस्टार भिसी एकेडेमिक र व्यवस्थापकीय र प्रशासकीय क्षमताका आधारमा नियुक्ति गर्नुपर्छ । यथार्थमा हिजो सानोदेखि माथिसम्म भागबण्डा थियो । त्रिवि जस्तो ठुलो संस्थामा राजनैतिक समन्वय र व्यालेन्स मिलाउन जरुरी छ । तर म यो विचारमा छु पार्टीले भिसिको अनुकुल भए पनि नभए पनि पठाउन चलन थियो । त्यो तरिकाले विश्वविद्यालय चलाउन सकिँदैन । त्यसमा प्राज्ञिक र पोलिटिकल रुपमा संयोजन गरेर लैजान जरुरी छ । यसरी भागबण्डामा जानु हुँदैन । भिसिले आफ्नो टिम बनाउन पाउनु पर्छ भन्ने पक्षमा म छु । यो विषय मलाई नियुक्त गर्ने प्रधानमन्त्रीलाई पनि यही भनेको छु । अन्तर्वार्तामा पनि यही भनेको छु । त्यो बाहेक अरु डिन क्याम्पस चिफ र विभागीय प्रमुख प्रणालीगत रुपमा गर्नुपर्छ भनेको छु । प्रणालीगत रुपमा गर्दा भोलिको डिन को हुन्छ भन्ने निश्चित हुन्छ ।

राजनैतिक ट्याग त लागेको छ नि ?

म राजनैतिक रुपमा कहीँ एक्टिम मान्छे होइन । कही राजनैतिक भाषण गरेको छैन । तपाईँ पत्रकारले पनि देख्नु भएको छ । म त्यस्ते होइन । आस्था र विश्वास हुन्छ । चर राजनैतिक एक्टिम अर्को कुरा हो । एकेडेमिक रुपमा राजनैतिक मान्छे हो भन्ने छैन ।

पोखरा विश्वविद्यालयमा हुँदा रजिष्टार कसरी नियुक्त गर्नु भो ?

पोखरामा सबै राजनैतिक भागबण्डा थियो । भागबण्डामा नियुक्त गर्दा दलप्रति उत्तरदायी हुन्छ । मैले गरेको भए म प्रति हुन्थ्यो ।

सरलाई पनि माओवादीले दवाव दिँदैनन्

त्यसरी म पोखराको भिसी भएको थिइन । मैले अहिले पनि फ्रि हेण्ड एकेडेमिकल्ली विश्वविद्यालय चलाउन दिने भए मात्र एक्सेप्ट गर्छु भनेको छु । तपाईंले फ्रि हेण्ड चलाउनुहुन्छ भन्ने विश्वासले भिसि दिएको प्रधानमन्त्रीले पनि भन्नु भएको छ । उहाँले पोखरा विश्वविद्यालयमा पनि तपाईंले हाम्रो कुरा सुन्नु भएन अनि  दिएको भन्नु भएको छ ।

त्रिवि दलको पकड भएको विश्वविद्यालय फ्रि हेण्ड चलाउन दिन्छन् भन्ने लाग्छ ?

जति राम्रो भिसि भए पनि भिसि एक्लैले विश्वविद्यालय सुधार गर्न सक्दैन । त्रिविको अहिलेको वातावरण सुधार गर्न प्रमुख पार्टीको कोअपरेसन नभए केही लाग्दैन । सबैभन्दा मेजर पार्टीसंग छलफल गरेर अगाडि बढ्नुपर्छ । म प्रमुख दलसंग छलफल गर्छु । त्रिवि बिग्रियो भने देशै बिग्रन्छ । हाइलेवलमा जान्छु । भातृ संगठनको हस्तक्षेपले विश्वविद्यालय चल्दैन भन्छु । त्रिवि नबनेसम्म देशको उच्च शिक्षा सुध्रिँदैन । अर्को कुरा अचम्म लाग्दो छ । हामीले उच्च शिक्षाको टोटलमा १९ अर्ब सरकारले खर्च गर्छ । उच्च शिक्षाको नाममा गत वर्ष एक खर्ब विदेशिएको छ । यो वर्ष ६ महिनामा ६० अर्ब गएको छ । अब उच्च शिक्षा सुधार्ने अर्को दृष्टिकोणमा भुक्तानी सन्तुलनका रुपमा हेर्नुपर्छ । सरकारले २० अर्ब लगानी गर्छ भने २० प्रतिशत कमसेकम इन्डिया जाने मात्र रोक्न सक्यौं भने आम्दानी पनि बढ्छ ।

अबको चार वर्षमा त्रिविलाई कहाँ पुर्याउने परिकल्पना गर्नु भएको छ ?

बनाउने भन्दा पनि मेरो प्राथमिकता भनेको सुधार गर्ने हो । शैक्षिक वातावरणको सुधार । शैक्षिक क्यालेण्डर कार्यान्वयन गर्ने । परीक्षा समयमा गर्ने । नतिजा समयमा गर्ने भन्नलाई यो सानो छ, सजिलो छ । तर प्रशासनिक क्षेत्रमा ठुलो चुनौती छ । यति मात्र गर्न सकेमात्र विदेश जाने र उच्च शिक्षाको लागत घटाउन सकिन्छ । ७० प्रतिशत त्रिविको लगानी वेष्टेज छ । लागत खर्च मात्र हेर्ने हो भने एउटा विद्यार्थीलाई राज्यको लाखौं लगानी छ । चार वर्से प्रोग्राम सक्न पाँच ६ वर्ष लाग्छ । यसले गर्दा विश्वविद्यालयको लागत बढ्छ । पहिलो परीक्षा प्रणालीमा सुधार, शैक्षिक क्यालेण्डर कार्यान्वयन गरेर शैक्षिक कार्यक्रम ट्रयाकमा काम गर्छु ।, यति मात्र गर्न सके पनि विश्वविद्यालयमा सुधार हुन्छ । जसले गर्दा समयमा नै सकिन्छ । समयमै परीक्षा र नतिजा सार्वजनिक हुन्छ भन्ने विश्वास भयो भने छिमेकी मुलुकमा पढ्न जाने विद्यार्थीलाई रोक्न सकिन्छ ।

A Levels MA
Thuprai - Books and E-books