शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय शिक्षा विकास निर्देशनालय, धनकुटा कार्यसम्पादन मूल्याङ्कनका आधारमा शिक्षक बढुवाका लागि सिफारिस गरेको छ ।
शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, धनकुटाको निर्णयानुसार बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरू मध्ये शिक्षक सेवा आयोग नियमावली २०५७ (सशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकलाई बढुवाको लागि सिफारिस गरेको हो ।
प्रदेश एकका विभिन्न जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसारका उम्मेदवारहरूको बढुवा नामावली, शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम ३४ को प्रयोजनका लागि प्रकाशित गरेको छ ।
बढ्वा सिफारिस समितिले गरेको बढुवा उपर चित्त नबुझेमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र माध्यमिक तह प्रथम श्रेणीको रु.७५० र माशि तह द्वितीय, निमा तह प्रथम श्रेणीको रु.६०० र निमाशि द्वितीय प्राथमिक प्रथमको रु.५०० र प्राथमिक तह द्वितीय श्रेणीको रु.३५० निर्देशनालयले तोकेको राजस्व खातामा जम्मा गरी निर्देशनालयमा आवेदन दिन सकिने आज प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।