After SEE Portal

विप्लव समूहका विद्यार्थी नेता पक्राउ

Bridge Course

भोजपुरबाट नेत्रविक्रम चन्द समूहका विद्यार्थी नेता पक्राउ परेका छन् । प्रहरीले चन्द समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) भोजपुर जिल्ला समिति सदस्य आत्मा राईलाई पक्राउ गरेको हो । आज यहाँको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको एलम्बरचोकमा रहेको एक होटलबाट राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिनुभयो । प्रहरीले केही दिन अगाडि सोही समूहका जिल्ला सस्दय सुमित परियारलाई यहाँको कोटबाट नियन्त्रणमा लिएको थियो ।

A Levels MA
Thuprai - Books and E-books