
शैक्षिक सत्र शुरु भएको तीन महिनापछि विद्यालय जान पाएर खुसी भएका बालबालिकापेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै गरिएको नेपाल बन्दका कारण आज फेरी विद्यालय जानबाट बञ्चित भएका छन् ।
पेट्रोलियम पदार्थमा आकासिएको मूल्य घटाउन माग गर्दै देशभरका विद्यालय बन्द गरिएपछि देशैभरका बालबालिका प्रभावित भएका छन् ।
नेपालमा जुनसुकै समूहले पनि आफ्नो माग पुरा गर्न भनेर चालेको कदमको पहिलो निसानाको बिन्दु विद्यालय बन्छ । लोकतन्त्रमा सबैले आफ्ना असन्तुष्टि तथा सन्तुष्टि पोख्न पाउँछन् । तर त्यसको मनोवैज्ञानिक असर अर्को समूहलाई पार्नु कत्तिको उचित हुन्छ ? आर्थिक सर्वेक्षण अनुसार शैक्षिक वर्ष २०७७ मा नेपालमा ३४ हजार ६७४ विद्यालय छन् । यी सबै विद्यालयको प्रांगण पालैपालो राजनीतिक दलदेखि विभिन्न संघसंस्थासम्मले सार्वजनिक कार्यक्रमका लागि रोज्दा विद्यार्थीको पढाइ सधैं बिथोलिने गरेको छ। यसका अलावा विभिन्न समयमा हुने आन्दोलनमा पनि बालबालिकाको पठनपाठन प्रभावित हुने गरेको छ् । ुसंघसंस्था र दलहरू जे गर्नुपरे पनि विद्यालयकै चौरमा भेला हुन्छन्, आन्दोलन गर्नु परे पनि विद्यालय नै बन्द गर्छन्,ु बहादुर माविका प्रधानाध्यापक राप्रसाद पौडेल भन्छन्, ुतर, त्यसरी भेला हुँदा, बन्दा गर्दा, कार्यक्रम गर्दा विद्यार्थीको पढाइमा आउने अवरोधबारे कोही गम्भीर हुँदैनन्। यो समस्याको मुख्य पाटो हो।’
आजको बन्दका कारण काठमाडौं उपत्यकासहित मुख्य शहरी क्षेत्र पोखरा, धरान, विराटनगरमा छिटफुट बाँहेक अधिकांश विद्यालयमा आज पठनपाठन हुन सकेन । निजी विद्यालय सञ्चालकहरुले जोखिम उठाउन नसक्ने भएकाले विद्यालय बन्द गरेका छन् । बन्दको आव्हान पछि भएपछि शान्ती सुरक्षाको प्रत्याभूति नभएकाले विद्यालय बन्द गरिएको निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल ९प्याब्सन० का अध्यक्ष टिका पुरीले बताए । ‘विद्यार्थीको ज्यानको, विद्यालयको, सवारी साधनको सुरक्षाको कुरा आउँछ । शान्ति सुरक्षाको प्रत्याभूति छैन ।’ उनले भने, ‘हाम्रा विद्यालयहरु डराए । एक दिनको कुरा हो त्यसैले जबरजस्ती नगरौं भनेर खोलिएन ।’
निर्वाध रुपमा विद्यालय सञ्चालन गर्नको लागि मन्त्रालयले पहल नगरेपछि विद्यालय बन्द गरिएको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले बताए ।
अधिकांश सामुदायिक विद्यालय बन्द गरिएको भएपनि राजधानीका केही सामुदायिक विद्यालयमा भने पठनपाठन भएको छ । राजधानीको व्यस्त ठाउँ महांकालको जनकल्याण माविमा भने आज पुरै दिन पढाइ भएको विद्यालयका प्रधानाध्यापक कुमारीकमला राईले बताइन् । भने त्रिपुरेश्वर स्थित विश्वनिकेतन माविले विद्यार्थी नै नआएपछि विद्यालय बन्द गरेको छ । त्यसैगरी प्रदर्शनी मार्गमा रहेको पद्यमोदय मावि भने पूर्ण रुपमा बन्द भएको प्रधानाध्यापक नारायणप्रसाद गौतमले बताए ।
कोरोनाले शिथिल बनाएको शैक्षिक क्षेत्र आन्दोलनका कारण पनि प्रभावित भएको छ । आज एक दिनका लागि गरिएको बन्दका कारण विद्यार्थीको अमूल्य समय खेर गएको छ । यसरी ससाना बालबालिकालाई प्रभावित हुने गरी आन्दोलन गर्न नुहने विज्ञहरु सुझाउँछन्
विद्यालय शान्ति क्षेत्र हो त्यसैले निर्वाध रुपमा सञ्चालन हुन पाउनु पर्ने नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी बताउछन् । ‘आजको बन्दको असर आंशिक रुपमा विद्यालयमा परेको छ, न्यून निजी र केही सामुदयिक विद्यालय सञ्चालनमा आएका छन् ।’ उनले भने, ‘जसरी अस्पताल खुल्छ, पानीका गाडी, एम्बुलेन्स चल्छन् त्यसरी नै विद्यालयलाई सञ्चालन हुन दिनुपर्छ भन्ने मेरो धारणा हो ।’