रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान नर्सिङ कलेज’ भवनको शिलान्यास

सप्तरी, १५ वैशाख (रासस): उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा निर्माण हुन लागेको ‘नर्सिङ कलेज’ भवनको आज शिलान्यास गर्नुभएको छ । अस्पताल हाताभित्र उपप्रधानमन्त्री यादवले ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान नर्सिङ कलेज’ भवनको शिलान्यास गर्नुभएको हो ।


रु सात करोड २५ लाखको लागतमा बन्न लागेको तीनतले भवनको निर्माण एक वर्षभित्र सम्पन्न हुने गरी चक्रेश्वरी जेयी जेभीले ठेक्का सम्झौता गरेको छ । भवन निर्माणका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रु चार करोड लगानी तथा बाँकी स्वास्थ्य मन्त्रालयले व्यहोर्ने जनाइएको छ ।

Thuprai - Books and E-books