काठमाडौँ, १७ पुस (रासस) ः सरकारले प्रदेश २ अन्तर्गत सप्तरी जिल्लामा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावअनुसार सो स्थानमा प्रतिष्ठान स्थापना गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । प्रतिष्ठान स्थापना भएसंँगै विशेष गरी प्रदेश १ र २ का बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा तथा शिक्षा प्राप्त गर्न महत्वपूर्ण योगदान पुग्ने मन्त्रालयद्वारा यहाँ जारी विज्ञप्तिमा जनाइएको छ ।