After SEE Portal

पूर्वाञ्चल विश्वविद्यालयको २६औँ वार्षिकोत्सव तथा रजत महोत्सव सम्पन्न

Bridge Course

प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले पूर्वाञ्चल विश्वविद्यालयलाई स्वदेशी र विदेशी विद्यार्थीको अध्ययनको केन्द्र बनाउनुपर्ने बताउनुभएको छ । विश्वविद्यालयको २६औँ वार्षिकोत्सव तथा रजतमहोत्सव समापन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले  अध्ययन पुरा गरेको जनशक्ति विश्ववजारमा प्रतिष्पर्धा गर्नसक्ने हुनुपर्छ भन्नुभयो ।      

पूर्वाञ्चल विश्वविद्यालयको २६औं वार्षिकोत्सव तथा रजत महोत्सव समापन समारोहको उद्घाटन समारोहमा विश्वविद्यालयबाट प्रकाशित पुस्तकको विमोचन गर्दै । तस्वीर: मनोज दाहाल, रासस

प्रदेश प्रमुख अधिकारीले निजी क्षेत्रलाई आकर्षण गरी मोरङको गोठ गाउँमा ३०० श्ययाको अस्पताल निर्माण गरी चिकित्सा अध्ययन शुरु गर्नुपर्नेमा जोड दिँदै प्रदेशका जिल्लाका प्राविधिक तथा व्यावसायिक शिक्षाको माग यसले प्रत्यक्षरुपमा पूरा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “ज्ञान र विज्ञानबाट मानिसको जीवन सार्थक बनाउने मुख्य साथीे विश्वविद्यालय भएको हुँदा म होइन मेरोको सोचले गुणस्तरीय शिक्षा प्रवाहबाट देश, समाज, विद्यार्थीमा सम्मान आर्जनका लागि सबैको सहयोग आवश्यक रहेको छ”, उहाँले भन्नुभयो ।  

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई शनिबार यहाँ आयोजित पूर्वाञ्चल विश्वविद्यालयको २६औं वार्षिकोत्सव तथा रजत महोत्सव समापन समारोहको उद्घाटनका अवसरमा मायाको चिन्हो प्रदान गर्दै विश्वविद्यालयका कार्यवाहक उपकूलपति प्राडा बिजुकमार थपलिया । तस्वीर: मनोज दाहाल, रासस
प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई शनिबार यहाँ आयोजित पूर्वाञ्चल विश्वविद्यालयको २६औं वार्षिकोत्सव तथा रजत महोत्सव समापन समारोहको उद्घाटनका अवसरमा मायाको चिन्हो प्रदान गर्दै विश्वविद्यालयका कार्यवाहक उपकूलपति प्राडा बिजुकमार थपलिया । तस्वीर: मनोज दाहाल, रासस

प्रदेश नं १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले सङ्घीय र प्रदेश सरकारको पहलमा प्रदेश अस्पताल (कोशी)को प्रयोग गरी विश्वविद्यालयले चिकित्सक शिक्षा अध्ययन शुरु गर्ने निर्णय चाँडै गरिने जानकारी दिँदै समृद्धिसँग जोडिएको यो संस्थामा रहेको कमीकमजोरीको सुधार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विश्वविद्यालयले अनुसन्धानमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिँदै विद्यार्थीको विदेश पलायनलाई रोक्न उनीहरुमा रहेका सिर्जनशील क्षमता प्रयोगका लागि आग्रह गर्नुभयो ।      

विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्रा डा विजुकुमार थपलिया, रजिष्टार प्रमिला थापा, कला सङ्कायका डिन शम्भुप्रसाद कोइराला, प्राध्यापक सङ्घका अध्यक्ष डा सन्देशदास श्रेष्ठ र कर्मचारी सङ्घका अध्यक्ष राजकुमार सापकोटा चिकित्सा शिक्षा सञ्चालनका लागि १५० श्ययाको अस्पताल निर्माण भइरहेको जानकारी दिनुभयो ।        

सो अवसरमा कार्यवाहक उपकुलपति प्रा डा थपलिया, व्यवस्थापन क्याम्पसका पूर्वप्रमुख डा उत्तम रेग्मी, पूर्वरजिस्टार डा भेषणप्रसाद धमला पूर्वसेवा आयोगका प्रमुख मरणोर्पन्त वैजनाथ थपलिया, पूर्वरजिस्टारलगायत २० वर्ष सेवाअवधि कार्य गरेका कर्मचारी, खेलकूद प्रतियोगितामा विजयी खेलाडीलाई सम्मान गरिएको थियो ।        

विश्वविद्यालयले यस वर्ष उत्कृष्ट कलेजमा ख्वापाः इञ्जिनीयरिङ कलेज भक्तपुरलाई घोषणा गरी सम्मान गरेको छ । विश्वविद्यालयमा १२२ कलेजमा आबद्ध रहेकामध्ये ७१ वटाले प्राविधिक विषयमा पठन अध्यापन गराइरहेका छन् । विश्वविद्यालयमा  ३० हजार विद्यार्थी अध्ययन गरिरहेका छन् ।

A Levels MA
Thuprai - Books and E-books