भक्तपुर । शिक्षक सेवा आयोगले पच्चीस प्रतिशत बढुवाको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ ।
केहि समय अघि आयोगले प्रकाशित गरेको बढुवाको नतिजामा चित्त नबुझी पुनर्योगको निवेदन दिएका परिक्षार्थि हरुको पुनर्योगको नतिजा आयोगले पुन प्रकाशित गरेको हो ।
आयोगद्वारा विभिन्न मितिमा प्रकाशितलिखित परीक्षाको नतिजामा चित्त नवुझी पुनर्याेगका लागि पेश भएका आवेदन उपर पुनर्याेग समितिको मिति २०७६ भदौ ११ गतेको निर्णय एवं सिफारिस बमोजिम नतिजा सार्वजनिक गरिएको जनाइएको छ ।
आयोगले निम्न माध्यमिक तहको द्धितीय श्रेणीको ताप्लेजुङ, प्राथमिक तह द्धितीय श्रेणीको झापा र पर्सा तथा प्राथमिक तहकै प्रथम श्रेणीको गुल्मी र स्यांजाको पच्चीस प्रतिशत बढुवाको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो ।
पुनर्योगको लागी निवेदन दिएका मध्ये कसैको पनि नतिजामा फेरबदल नभएको आयोगले जनाएको छ ।