
आगामी वर्ष २०८१ का लागि सार्वजनिक बिदाको सूची सार्वजनिक गरिएको छ ।
नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार राष्ट्रिय पर्वका अवसरमा मनाइने आगामी वर्षमा १७ वटा सार्वजनिक बिदा हुने भएका छन् ।
त्यस्तै, दशैँका लागि पाँच दिन ९असोज २४ देखि असोज २८० र तिहारका लागि पाँच दिन (कार्तिक १५– कार्तिक १९) राष्ट्रिय बिदा घोषणा गरिएको छ ।
गाईजात्रा, इन्द्रजात्रा, भोटोजात्रा अवलोकनका लागि काठमाडौँ उपत्यकाभित्रका कर्मचारीलाई थप चार सार्वजनिक बिदा दिने भएको छ ।