सार्वजनिक शिक्षाले राष्ट्रिय एकीकरणको काम गर्ने

Thuprai - Books and E-books

मोफसलका विद्यालयहरुले पनि काम गरेका छन् । उनीहरुले शिक्षामा आफूलाई शिक्षाशास्त्रीको रुपमा आफूलाई विकास गरेका छन् । जसले गरेका छन्, उनीहरूलाई लिएर आउनुस् ।

(स्रोत: IAEA Imagebank)

यसका पनि कमजोर पक्ष छन्, अपूर्णताहरु छन् । यसले एउटा सन्देश दिएको छ । विकसित देशमा एउटा प्रधानमन्त्रीको छोरा र ड्राइभरको बच्चा पनि एउटै स्कूलमा पढ्छ । त्यो जोड्ने काम सार्वजनिक शिक्षाले गर्छ । हाम्रो भाषामा हामी सार्वजनिक विद्यालयहरु भन्छौं हामीहरु, तर सामुदायिक विद्यालयमात्र हैन, सार्वजनिक विद्यालयमा पर्ने । गैर नाफामूलक शिक्षाको क्षेत्रमा काम गरेका सबैलाई सार्वजनिक शिक्षामा राखेको छु । जसले नाफाको उद्देश्य राखेका छैनन्, उनीहरु शिक्षामा काम गर्न चाहन्छन्, देशलाई अघि बढाउन चाहन्छन्, नयाँ पुस्तालाई अघि बढाउन चाहन्छन् । यी सबैलाई एक ठाउँ ल्याउनुपर्ने छ । मैले हतारहतारमा सेनाले, प्रहरीले, प्रहरीका दुबैले चलाएका स्कुलहरुलाई पनि जोड्न खोजेँ । हाम्रा अनुभवहरु छन्, यी सबैलाई एक ठाउँ लिएर आउनुपर्ने छ, त्यसैले, सार्वजनिक शिक्षा भनेको वर्गलाई अन्त गरेर एउटा नयाँ दिशामा लग्ने वृहत खालको यो मञ्च हो ।

सार्वजनिक शिक्षाले वर्गभेद मेट्दछ । नयाँ ढंगले काम गर्दछ । किन हामी सार्वजनिक शिक्षाको कुरा गर्छौ ? किन सामुदायिक विद्यालयको कुराकानी गरिरहेका छौं भन्ने मर्मलाई बुझ्नुपर्दछ । मन्त्रीको हैसियतले त म निजी लगानीमा चलेका स्कुलहरुको पनि संरक्षक हुँ । सहकारीबाट चलेको स्कुलको पनि संरक्षक हुँ । म सबैको हुँ । यसभित्र पनि सार्वजनिक शिक्षालाई सबल बनाउनु हाम्रो सर्वोपरि कर्तव्यभित्र पर्छ । निजी, सहकारी तरिकाले चलेका पनि यसैको वरिपरि रहेर त्यसको पुरकको रुपमा उहाँहरुले पनि काम गर्नुपर्छ भन्ने मान्यताको आधारमा अघि बढेको छु ।

विविधताका बीचमा रहेर हामीले हाम्रा बाटा र दिशा तय गर्नुपर्नेछ । हामीले हाम्रो शिक्षाको समग्र पक्षलाई सम्बोधन गर्नुपर्नेछ । सार्वजनिक शिक्षाले गर्ने काम भनेको राष्ट्रिय एकिकरणको काम हो । देशलाई मजबुत बनाउने काम गर्छ । गहिरोसँग देशलाई जोड्ने काम गर्छ । देशमा विविधता छ, अनेकता छ, त्यो अनेकतालाई एक ठाउँ ल्याउनुपर्ने छ । उसको पहिचानलाई पनि बचाउनुपर्ने छ । उसको साझापानलाई पनि आत्मसात गराउनुपर्ने छ । 

हाम्रो पढाइ र कामको संसारको बीचमा तादम्यता भएन, त्यसलाई जोड्न जरुरी छ । व्यक्तिगत रुचिको कोणबाट आउने आफ्नो प्रश्न भयो, तर हामीले राष्ट्रिय आवश्यकताको आधारमा सबैलाई अघि बढाउनुपर्ने छ । त्यस्तो जनशक्ति पनि हामीले उत्पादन गर्नुपर्नेछ । त्यो राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्ने गरी काम गर्ने भनेको सार्वजनिक शिक्षाले हो । यसकारण पनि सार्वजनिक विद्यालयको रुपान्तरणको आवश्यकता परेको हो ।

विषय प्रवेश भएको छ, यो प्रारम्भ भएको छ । यसलाई विस्तारित गर्न जरुरी छ । मैले भनेको छु, हामी यहाँबाट सुरु गर्छौं र हामी प्रदेशमा जान्छौं र हामी सातसय ५३ वटै पालिकासम्म पुग्छौं ।

मैले भनेको छु, एउटा औपचारिकताका लागि यहाँ प्रतिवद्धता प्रस्तुत गर्नु मलाई आवश्यकता छैन, यहाँ आएका जति पनि विचारहरु छन्, यो सम्मेलनका महत्वपूर्ण विचारहरु हुन् । हामी फेरि छलफल गर्छौं, एउटा दूर दराजमा भएको एउटा सामुदायिक विद्यालयले एउटा,गुम्बाले, एउटा गुरुकूलले, एउटा मदरसाले, एउटा फरक क्षमता भएकालाई पढाइरहेको स्कुलले, हामीले जारी गरेको सामग्री हेर्दा खेरि मैले गर्नुपर्ने काम के के रहेछ ? मेरो बाटो के रहेछ ? मेरो मञ्जिल के रहेछ? यसको प्रक्रिया के रहेछन्, कहाँबाट सुरु गर्नुपर्ने रहेछ ? त्यो स्वयम्ले बोल्नुपर्छ ।

हामीसँग संविधान छ, त्यसले निर्दिस्ट गरेका बाटाहरु छन्, त्योभन्दा दाँयाबायाँ जाने कुरा रहँदैन । संविधानले निर्दिस्ट गरेको आधारमा एकल सूची र साझा सूचीलाई प्रष्ट पार्न उच्च शिक्षा, प्राविधिक शिक्षा, विद्यालय शिक्षाका बारेमा भ्रमलाई चिरेर एउटा सही दिशा दिनु, राष्ट्रिय परीक्षा बोर्ड, सीटीईभीटी, शिक्षक सेवा आयोग र छात्रवृत्तिज स्ता विषयलाई समेटेर एउटा वृहत् खालको ऐनको हामी प्रक्रियामा छौं । यसभित्र रहेर हामीले बनाउन खोजेको कुरा, हाम्रो विद्यालयको रुपान्तरणको एक्सन प्लान बनाउन खोजेका हौं । यो बनाइरहँदा हामीले दशवर्षे योजना बनायौं ।

पहिलो कुरा, हामीले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन पास गर्दा, वि.सं. २०८५ सालसम्मलाई आधारभूत शिक्षा दिन सक्नुपर्छ भनेर ऐनद्वारा नै निर्दिस्ट गर्यौं । हामीले पास गरेको ऐनलाई कार्यान्वयन गर्दै जाँदा हामीलाई २०८५ सालसम्म पर्खर्नुपर्ने रहेछ । एउटा पक्ष हामीले यहाँ ध्यान दियौं । दोस्रो पक्ष रातारात र जादुयी ढंगले स्कुल बदलिँदैनन् । त्यसको एउटा प्रक्रिया छ, समय छ । यो कुरालाई पनि ध्यान दिएर, चटपटे ढंगले विषयलाई ग्रहण गर्ने तरिकाबाट मुक्त भएर, गम्भीर भएर शिक्षाको परिवर्तनलाई अगाडि बढाउनुपर्छ भन्ने सन्देश दिन खोजेका हौं, त्यो बोध गराउन खोजेका हौं । योसंग गाँसिएका एउटामात्र विषय छैनन्, थुप्रै पक्ष छन् । दश वर्ष भनेर २०८५ साललाई पर्खनुपर्छ भनेको हैन, आज सक्नेले, आज, भोलि सक्नेले भोलि गर्नुहुन्छ । तर एउटा निश्चित लक्ष्य सहित, दिशाबोध सहित, योजना सहित, गुरु योजना सहित जब काम हुन्छ, अनिमात्र सफल होइन्छ ।

हाम्रो अघि समस्याहरू धेरै छन्, तर समस्याको कुरा गरेर नेतृत्व हुँदैन, समाधानको बाटो देखाउँदै गएपछि त्यो नेतृत्व हुन्छ । हामी योजना बनाउँछौं, एक्सन प्लान बनाउँछौं, काम पनि सुरु गर्दै जान्छौं ।

रुपान्तरणको जुन असाधारण महत्व छ, यो महत्वअन्तर्गत एउटा थप्नुपर्ने विषय के हो भने, अहिले संसार जता गइरहेको छ, त्यो विश्वलाई हामीले बुझ्नृुपर्छ । हाम्रो शिक्षाले स्थानीय, राष्ट्रिय आवश्यकता र विश्वव्यापी आवश्यकतालाई पक्रिन सक्नुपर्छ । शिक्षामा जब निश्चित उद्देश्यमा बाँधिएर आउनुहुन्छ, तपाईं यी सबै कुरालाई गर्न सक्नुहुन्न ।

यहाँ आएका विद्यालयलाई उत्कृष्ट विद्यालय भन्न चाहन्न, तपाईंहरू शिक्षाक्षेत्रमा राम्रो काम गरिरहेको हुनाले हाम्रो मन्त्रालयको सिस्टममा, कुनै न कुनै ढंगले चिनिएका तपाईंहरू पर्नुभएको छ । म स्वीकार गर्छु कि हामीसँग फ्ल्यास रिपोर्ट त छ, तर जीवन्त रिपोर्ट हामीसँग छैन । हाम्रा स्कुलहरू वर्गीकृत भएका छैनन् । को समस्याग्रस्त छ, कसले कुन ढंगले काम गरिरहेको छ भन्ने कुरामा म, यत्रो युगान्तकारी परिवर्तनपछि यो जिम्मेवारी सम्हालिरहँदा खेरी मैले मन्त्रालयगत रुपमा हेदिँन । मन्त्रालयका सचिव, सहसचिव, उपसचिवहरूले चिनेका, जानेका, थाहा पाएका वा म कहिँ पुग्दा, मैले देखेका आधारमा तपाईंहरू यहाँ आउनुभएको छ । धेरै छुट्नु भएको छ, पर्नु भएको छैन, त्यसकारणले काठमाडौंका केही संस्थाहरूलाई बोलाएर एउटा सम्मेलनमा हामी छुटेछु भन्ने पीडा उहाँहरूलाई नरहोस् । तपाईंहरूमार्फत् अरु छुटेका र काम गरिरहेकाहरूलाई सम्बोधन गर्नुछ, समेट्नुपर्ने कुराहरू छन् ।

त्यसैले जब हामी प्रदेशमा पुग्छौं, त्यो प्रदेशको घेराभित्र बसेर, फेरि हामी आफै तलपट्टि समुदायसँग, विद्यालयसँग, अभिभावकसँग बसेर काम गर्दै गर्दै, कोशिस गरिरहेका, मिहिनेत गरिरहेका स्कूलहरूका सफलताका कथाहरू, दुःखका कथाहरू, उसको अगाडिका चुनौतिका कथाहरू सुन्दै यो प्रक्रियालाई पुर्‍याउछौं । 

सार्वजनिक विद्यालय रुपान्तरण अभियान कार्यक्रमको समापनका अवसरमा व्यक्त विचार