Bachelors Portal

विश्वविद्यालय बनाउन प्रदेश सरकार प्रयत्नशील ः मन्त्री हिक्मत कार्की

दमक, २ पुस (रासस) ः प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशस्तरीय विश्वविद्यालय बनाउन प्रदेश सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । 

गौरीगञ्ज गाउँपालिकास्थित गौरीगञ्ज बहुमुखी क्याम्पसको २७ आँै वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले प्रदेशभित्रका पब्लिक क्याम्पसलाई शैक्षिक तथा भौतिक रुपमा व्यवस्थित गर्न प्रदेश सरकारले विश्वविद्यालय बनाउन लागेको जानकारी दिनुभयो । 

मन्त्री कार्कीले प्रदेश नं १ मा ७० वटा पब्लिक क्याम्पस रहेको बताउँदै ती क्याम्पसमा देखिएका समस्या समाधान गरी त्यसलाई व्यवस्थित गर्न पहिलो पटक प्रदेशस्तरीय विश्वविद्यालय स्थापना गर्न लागेको धारणा व्यक्त गर्नुभयो । 

“भद्रपुरदेखि विराटनगरसम्मको सडक अबको दुई वर्षभित्रमा कालोपत्र सम्पन्न हुनेछ,” उहाँले भन्नुभयो । 

क्याम्पसप्रमुख सर्वतलाल राजवंशीले आर्थिक वर्ष २०७४÷७५ को आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । 

सो अवसरमा क्याम्पसका विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरणका साथै क्याम्पसलाई जग्गादान दिने जग्गादातालाई पनि सम्मान ग¥यो । 

गौरीगञ्ज बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । 

Thuprai - Books and E-books