कार्य सम्पादनका आधारमा गण्डकीका शिक्षक बढुवा

शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालयले बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारको कार्यसम्पादनका बढुवा गरेको छ ।

आयोगले बढुवा सिफारिस समितिको सचिवालय शिक्षा विकास निर्देशनालय गण्डकीमा विभिन्न समयमा पर्न आएका निवेदनका आधारमा बढुवाका लागि सिफारिस गरेको हो ।

आयोगको नियमावली २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अंक प्राप्त गर्ने जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसार उम्मेदवारको नामावली शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को नियम ३४ को प्रयोजनका लागि प्रकाशित बढुवाको सिफारिस गरेको छ ।

बढुवा सिफारिस समितिको सचिवालय नियमावली अनुसार सबैभन्दा बढी अङ्क प्राप्त गर्ने निम्नलिखित जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसार देहायका उम्मेदवारहरूको नामावली प्रकाशित गरिएको छ। 

प्रदेश बढुवा समितिले गरेका बढुवा उपर चित्त नबझेमा यो सूचना प्रकाशित भएका मितिले ३५ दिनभित्र माशि प्रथम श्रेणीका लागि रु७५०,माशि द्वितीय र निमाशि प्रथम श्रेणीका लागि रु.६०० निमावि द्वितीय र प्राशि प्रथम श्रेणीका लागि रु.५००, र प्राशि द्वितीय श्रेणीका लागि रु. ३५०राजश्व तिरी निवेदन दिन सक्ने सूचनामा उल्लख गरिएको ।

 

Thuprai - Books and E-books