After SEE Portal

प्राध्यापकको एक महिने वृत्तिविकास तालिम सम्पन्न

Bridge Course

त्रिभुवन विश्वविद्यालयमा कार्यरत सेवयम् सेवक शिक्षकको वृति विकासका लागि एक महिने तालिम सम्पन्न भएको छ ।

कार्यरत प्राध्यापकहरुको अनौपचारिक सन्जालको सहकार्य मार्फत आफ्नो र अरु सहकर्मीहरुको वृत्तिविकासमा सहयोग होस भन्ने हेतुले एक महिने बहुआयामिक कार्यशाला आयोजना गरिएको हो । सह–सिकाईको प्लेटफर्मको रुपमा कार्यक्रममा ८१ जना सहभागी र १६ जना संयोजन समूहका सदस्य सहभागी रहेका थिए ।

विगतमा स्वयम् सेवी सन्जालले सेमेस्टरमा आधारित शिक्षण तालिम, अनलाईन शिक्षण तालिम, अनुसन्धान र लेखन तालिम लगायतका कार्यक्रम चलाएको थियो । यो वर्ष एउटा अनुसन्धानको एजेन्डा र त्यसको सामाजिक प्रभाव, प्रस्तुतीमा वहुभाषिक, वहुआयामिक प्राध्यापनमा निखार, एवम् वृत्तिविकासमा आआफ्नो विधा र रुची अनुसार अरु नयाँ अवसरको खोजी गर्न सिकाइएको कार्यक्रम संयोजक मोहन सुवेदीले जानकारी दिए ।

उनका अनुसार कार्यक्रमका लागि १५० जना प्राध्यापकले आवेदन दिएका थिए । प्रस्तावनाको गुणस्तरको आधारमा १०० जना मात्र छनोट गरिएको आयोजकले जानकारी दियो ।

छनोट भएका सहभागीले ४ वटा मूल कार्यशालाको लागि लेख्नु पर्ने काम कम गरी पढेहेरेका सामग्रीका आधारमा वस्तुपरक प्रश्न सम्बन्धि क्विज हल गरेर मात्र अर्को हप्ताको कार्यसालामा उपस्थित हुन पाउने पद्धति अपनाएको सुबेदीले जनाकारी दिए । संयोजक सुवेदीका अनुसार चार हप्ते कार्यशाला मध्ये पहिलो कार्यशाला, कुनै उदियमान विज्ञले आफ्नो खोजअनुसन्धानको बौद्धिक र विधागत मुद्दा वा उद्देश्यलाई विकास गर्ने क्रममा सामाजिक उद्देश्य र न्याय समेतलाई कसरी ख्याल गर्न सकिन्छ भन्नेबारे अध्ययन र अभ्यास गराउनमा केन्द्रित गरिएको थियो ।

दोस्रो कार्यशाला, अनुसन्धान र बौद्धिक कर्मलाई सामाजिक न्यायसंग जोड्न र रुपान्तरण गर्न केवल जर्नलमा आर्टिकल लेख्ने र प्राज्ञिक सम्मेलनमा पेपर प्रस्तुत गर्ने काम, गरेर पुग्दैन भन्नेमा आधारित थियो । यसले अनुसन्धानको लक्षित सरोकारवालाहरुसम्म पुग्न कसरी विधागत र भाषिक विविधिीकरण तथा निखारता ल्याउन सकिन्छ भन्नेबारे अध्ययन र अभ्यास गराइएको थियो ।

तेश्रो कार्यशालामा त्रिविले विगतमा विकास गरेका सेमेस्टर प्रणाली सम्बन्धि सामग्रीको अध्यास गराइएको थियो । कसरीअनुसन्धानलाई समायोजन गर्न सकिन्छ भन्ने विषयमा यो सेसन केन्द्रीत रहेको थियो ।

चौथो र अन्तिम कार्यशाला “वृत्तिविकासका नयाँ अवसर” बारे थियो । यसमा प्राज्ञिक खोजअनुसन्धानका लागि अनुदान, विज्ञवृत्ति वा स्कलर्शिप कसरी खोज्ने, र आफूले समाजमा गरेका बौद्दिक योगदानलाई उपयुक्त वेवसाइट मार्फत सम्बन्धित सरोकारवालाहरुसंग कसरी जोडिने भन्ने तीनवटा उपायहरुलाई समेटिएको थिए ।

A Levels MA
Thuprai - Books and E-books