CMAT

मितेरी विद्यालय खोज्न खुला विश्वविद्यालयद्वारा कार्यविधि जारी (कार्यविधिसहित)

Bachelors Portal

नेपाल खुला विश्वविद्यालय, सामाजिकशास्त्र तथा शिक्षा संकायले“मितेरी विद्यालय छनोट तथा सञ्चालन कार्य व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९” लागु गर्ने भएको छ ।

सामाजिकशास्त्र तथा शिक्षा संकाय अन्तर्गत शिक्षा समूहमा अध्यायनरत विद्यार्थीहरुको शिक्षण अभ्यास तथा इन्टर्नसिप जस्ता प्रयोगात्मक कार्य गर्न, शैक्षणिक बिषयमा अनुसन्धान गर्न र शिक्षण विधि र प्रविधि सम्बन्धी सबलीकरण कार्यमा भौतिक, वौद्घिक तथा प्राविधिक सरसहयोग तथा सहकार्य गर्ने उद्देश्यका साथ विश्वविद्यालयले सो कार्यविधि जारी गरेको हो ।

नेपाल खुला विश्वविद्यालय शैक्षिक प्रशासन सम्बन्धी नियम, २०७४ को दफा १६६ बमोजिम कार्यकारी परिषदले स्वीकृत गरी यो निर्देशिका जारी गरेको छ ।

मितेरी विद्यालयहरु प्रदेशस्तरबाट छनोट गर्ने, कम्तीमा एउटा प्रदेशमाएउटा विद्यालय हुनु पर्ने छ । भने सो कार्यविधि अनुसार मितेरी विद्यालय सञ्चालन भएको विद्यालय कम्तिमा कक्षा ८ देखि १२ कक्षा सम्म सञ्चालित सार्वजनिक विद्यालयलाई प्राथमिकतामा राखिने कार्यविधिमा उल्लेख गरिएको छ । शिक्षा संकायकोडीन वा डीनले मनोनय गरेको विज्ञ संयोजक भएको सिफारिस समितिले छनोट गरेको विद्यालयको आफ्नो भवन तथा जग्गा भएको विदालय हुनु पर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

“मितेरी विद्यालय छनोट तथा सञ्चालन कार्य व्यवस्थापन सम्बन्धी कार्यविधि , २०७९”

Thuprai - Books and E-books
I Tech store