CMAT

सुखी नेपाली, समृद्ध नेपालका लागि शिक्षामा जोड दिनुपर्छ ः उपसभामुख डा शिवमाया तुम्बाहाङ्फे

उर्लाबारी, २१ पुस (रासस) ः प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यलाई पूरा गर्न शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । मोरङको बेलबारी नगरपालिका–३ स्थित भगवती माध्यमिक विद्यालयको ५५औँ वार्षिकोत्सवमा उहाँले राष्ट्रले लिएको लक्ष्य उक्त लक्ष्य पूरा गर्न शिक्षामा लगानी बढाउन आवश्यक रहेको धारणा राख्नुभयो । 

उपसभामुख तुम्बाहाङ्फेले शिक्षा क्षेत्रको सुधारका लागि अभिभावक, विद्यार्थी र विद्यालयको त्रिपक्षीय भूमिका महत्वपूर्ण हुने बताउनुभयो । सामुदायिक विद्यालयमा सरकारको लगानी बढी भएपनि सोअनुसारका लक्ष्य प्राप्त हुन नसकिरहेको बताउँँदै उपसभामुख तुम्बाहाङ्फेले अब प्रदेश र स्थानीय सरकारले पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

जिल्ला शिक्षा समन्वय समितिका प्रमुख राजेन्द्र बुढाथोकी, बेलबारी नगरपालिका उपप्रमुख तारा पराजुली, पूर्वसांसद गुरु बराल, मधु गुरुङलगायतले मन्तव्य राख्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वशिक्षक, उत्कृष्ट विद्यार्थी एवं विभिन्न प्रतियोगितामा विजेता भएकालाई पुरस्कार र सम्मान गरिएको थियो । विसं २०२१ मा स्थापित सो विद्यालयमा कक्षा १२ सम्म एक हजार १८७ विद्यार्थी अध्ययनरत छन् । 

Thuprai - Books and E-books