पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरूको संघ (ओपेन)को विज्ञप्ति

‘पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरूको संघ (ओपेन)ले 'डी प्लस’ ग्रेड प्राप्त विद्यार्थीको रजिस्ट्रेसनकाबारे विज्ञप्ति प्रकाशित गरेको छ । ओपेनले विश्वविद्यालय निर्णयबाट निजि शिक्षण संस्थाहरू र ३४४ विद्यार्थी मारमा परेको भन्दै विश्वविद्यालय पधाधिकारी समक्ष्य उक्त निर्णय फिर्ता लिन अनुरोध गरेको छ ।

विश्वविद्यालयले यहि बैशाख ७ गते एक विज्ञप्ति प्रकाशित गरी कक्षा ११ र १२ मा एक वा सो भन्दा बढी विषयमा 'डी प्लस’ ग्रेड प्राप्त गरेका विद्यार्थीलाई यस शैक्षिक सत्रमा रजिस्ट्रेसन नगर्ने बताएको थियो ।

ओपेनले प्रकाशित गरेको विज्ञप्तिको पूर्ण पाठ ।