गाभिने तयारीमा भानु र संस्कृति मावि

काठमाडौँ, १३ फागुन (रासस) ःकामपाका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार भानु र संस्कृति माविलाई एकापसमा गाभी भानु–संस्कृति माध्यमिक विद्यालय (दरबार हाइ स्कूल) बनाउने तयारी गरिएको छ । 

एउटा मावि सञ्चालन हुनका लागि ग्रामीण क्षेत्रको प्रत्येक कक्षामा ४० र शहरमा ५५ विद्यार्थी रहनुपर्ने कानूनी व्यवस्था रहे पनि यी दुवै विद्यालयमा यस किसिमको समयस्या छैन । 

यसअघि पनि एउटै भवनमा पठनपाठन गराइरहेका यी दुई विद्यालयमा कम विद्यार्थीे सङ्ख्या र अन्य व्यवस्थापनको पाटोलाई समेत दृष्टिगत गरी यस किसिमको अभ्यास गर्न लागिएको हो । प्रमुख कोइरालाले यस विषयमा मन्त्रालयसँग पनि सकारात्मक छलफल भइरहेको पनि बताउनुुभयो । 

चिनियाँ सरकारसँग भूकम्पका कारण अतिप्रभावित १४ जिल्लाका एक–एक र अन्य तीन जिल्लामा गरी १७ विद्यालय निर्माण गर्ने सहमति भएको थियो । गोर्खा भूकम्पका कारण सात हजार ५०० विद्यालयमा क्षति पुगेको र हालसम्म तीन हजार ६०० विद्यालय भवन निर्माण भइसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएकोे छ ।