सभामुख देवराज घिमिरेले शिक्षा क्षेत्र पुरानै नीतिअनुसार चलिरहेको बताउँदै चाँडै शिक्षा विधेयक पास गरेर ऐन निर्माणको तयारी भइरहेको बताए ।
आज विर्तामोडस्थित इन्द्रचन्द्र क्याम्पसको ११ औँ साधारणसभालाई सम्बोधन गर्दै उनले शिक्षा क्षेत्रमा तीव्र प्रतिस्पर्धा भइरहेको र सोही अनुसार मेहनत गर्न शिक्षा क्षेत्रमा कार्यरत सम्पूर्णलाई आग्रह गरे । “विद्यार्थीहरु गुणस्तरीय र सुविधा सम्पन्न शैक्षिक संस्था खोजिरहेका छन्”, उनले भने, “सोहीअनुसार व्यवस्थापन गर्न सक्नुपर्छ ।”
क्याम्पस प्रमुख प्रकाश दाहालले क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा जग्गादाता, अक्षयकोषका दाताहरु, उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।