After SEE Portal

प्राविमा शिक्षक माग कति ? पास कति ? (सबै जिल्लाको नतिजा सहित)

Bridge Course

शिक्षक सेवा आयोगले गत चैत ९ गते प्राथमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि कुल ६ हजार १३ पदमा विज्ञापन गर्यो । सो विज्ञापनलाई चैत ३० गते संशोधन गर्दै कुल ७ हजार ८८२ रिक्त शिक्षक पदमा आवेदन माग्यो । परीक्षामा १ लाख १० हजार ७४९ जनाले आवेदन दिएको भए पनि सामान्य परीक्षामा १ लाख ३४४ जना सहभागी भएका थिए ।

आयोगले जेठ २० गते विषयगत अन्तर्गत सामान्य परीक्षा सञ्चालन गर्यो । सो परीक्षाको नतिजा गत असार १ गते सार्वजनिक गरेको थियो । सो नतिजाबाट १६ हजार ७०२ जना विषयगत लिखित परीक्षाका लागि छनोट भए ।

आयोगले लिएको सामान्य परीक्षामा सुदुर पश्चिम प्रदेशबाट विषयगत (सामान्य) परीक्षामा १० हजार १९९ सहभागी भएका मध्ये १ हजार ४३२ जना मात्र उत्तीर्ण भएका थिए । त्यस्तै कर्णाली प्रदेशबाट ९ हजार ३९२ जना परीक्षामा सहभागीका भएका मध्ये १ हजार ४७० पास भएका थिए ।

त्यसैगरी लुम्बिनी प्रदेशबाट १४ हजार ६६७ जना लिखित परीक्षामा सहभागी मध्ये २ हजार ६२३ जना पास भएका थिए । त्यसैगरी गण्डकी प्रदेशबाट १७ हजार ४४ जना सहभागी भएका मध्ये ३ हजार ८०० पास भएका थिए । त्यस्तै बागमती प्रदेशबाट १७ हजार २८७ जना सहभागी भएका मध्ये ३ हजार ९९ जना ,मधेश प्रदेशबाट १४ हजार २७० जना सहभागी भएका मध्ये २ हजार २०२ मात्र पास भएका थिए । त्यसैगरी कोशी प्रदेशबाट सामान्य परीक्षामा १७ हजार ४८५ जना उम्मेदवार सहभागी भएका मध्ये ३ हजार ७६ जना मात्र उत्तीर्ण भएका थिए ।

सामान्य परीक्षामा कम विद्यार्थी उत्तीर्ण भएपछि आयोग सामाजिक सञ्जालमार्फत चर्को आलोचनाको सिकार भयो । तर आलोचकले शिक्षक नयाँ नयाँ ज्ञान, कौसल र नवपरिवर्तनमा अद्यावधिक हुनु पर्छ भन्ने बिर्षएर आलोचना गरे । आलोचना गर्ने पहिलो पङ्तिमा देखिए विश्वविद्यालयमा लामो समय पढाएर सेवा निवृत्त भएका शिक्षक प्राध्याक । आलोचना गरिरहँदा आफ्नै उत्पादनमा औंला ठड्डिइरहेको बिर्सिएर आलोचना गरिरहेकाछन् । फेरी आयोगले विषयगत लिखित परीक्षाका लागि छनोटमा परेको उम्मेदवारको विषयगत परीक्षा लियो । विषयगत परीक्षामा पनि अधिकांश जिल्लामा माग अनुसारका उम्मेदवार अन्तर्वार्ताका लागि सिफारिस हुन सकेका छैनन् ।

आयोगले गत असोज १३ गते लिएको विषयगत परीक्षाको सबै जिल्लाको नतिजा सार्वजनिक गरेको छ । तर नतिजा भने अधिकांश जिल्लाको सन्तोषजनक छैन । 

जिल्ला

 माग 

सम्मिलित

 उत्तीर्ण

 कम

 बढी 

ललितपुर

   

चितवन

१२९ २०६ ९५ ३४  

मुस्ताङ 

२५ १०० ३४  

म्याग्दी

४१ ५७ ३८  

बाँके

३० ६४ ३८  

काभ्रेपलाञ्चोक

६५ ४९ २५ ४०  

भक्तपुर

१२२ ५७० १३८   १६

कास्की

१६५ २३७ १४० २५  

पर्वत

४६ ४४ २८ १८  

कपिलवस्तु

४२ ८३ ५०  

सिन्धुपाल्चोक

१११ १५१ ११२  

मकावनपुर

६४ ६३  ३९ २५  

नवलपरासीपूर्व

२३० ७९१ २७८   ४८

दाङ 

८८ २८९ ९९   ११

सूर्खेत  

६९ ७६ ६३  

इलाम

१८८ ४२९ २०९   २१

रामेछाप

१५७ ३५० १८०   २३

लम्जुङ 

२५५ ७९८ ३१०   ५५

बर्दिया

३५ ७५ ३८  

रुकुम पश्चिम

२८ ४२ २८    

बाजुरा

२७ १० १८  

धादिङ 

१३२ ३५२ १४९   १७

रसुवा

५१ ५४ २५ २६  

गोरखा

२६५ ६२५ ३०८   ४३

नवलपरासी पश्चिम

८६ १५४ ९२  

जारजरकोट

४८ ४० ३६ १२  

अछाम  

९७ ३३८ ११९ २२  

ओखलढुङ्गा 

१४७ १५८ ९३ ५४  

सिन्धुली

२५७ ६७१ २९४   ३७

तनहुँ 

१३६ ३०३ १५६   २०

रुकुम-पूर्व

३० २८ १७ १३  

जुम्ला

४१ ८० ४७  

दार्चुला 

१०२ ४४० १२६   २४

उदयपुर 

१२५ २०९ १११   १४

धनुषा 

५७ ३२ १७ ४०  

नुवाकोट

१४० २६३ १२९ ११  

बागलुङ 

२३० ५०७ २७०   ४०

पाल्पा

१३१ २५८ १२७  

डोल्पा

५३ १०२ ६०  

संखुवासभा

१७३ ४६५ १६३ १०  

दोलखा 

१५६ २१३ १४१ १५  

स्याङ्जा 

१४० १६८ १३५  

रुपन्देही

१३१ १४० १५९   २८

बैतडी 

७८ २०६ ९१   १३

भोजपुर

११५ १८६ १०९  

पर्सा 

१८२ ३७८ २११   २९

प्युठान

८५ २४० ९९   १४

मुगु  

७२ ३३८ ९५   २३

कैलाली

२९ ८४ ३७  

खोटाङ 

९२ ११० ७८ १४  

बारा

२६५ ३३२ १९८ ३३  

मनाङ 

 

अर्घाखाँची

३४ २७ २३ ११  

रोल्पा 

९५ ३४५ १२०   २५

हुम्ला

४८ १७५ ६२   १४

धनकुटा

१२५ २५२ १४२   १७

डोटी  

६८ १४९ ७७  

सप्तरी

१३० १७८ १३४  

तेह्रथुम

६९ ५६ ३७ ३२  

ताप्लेजुङ 

१२० १०५ ७९ ४१  

झापा 

१२८ ३०२ १०९ १९  

सर्लाही    

१८३ ५५९ २२१   ३८

गुल्मी  

१९९ ५६७ २०७  

कालिकोट

५२ १३७ ६३   ११

कन्चनपुर

३२ ५२ ३८  

मोरङ

 ११० १७२  ७३ ३७  

रौतहट

१४५ २४७ १५७   १२

बझाङ

४५ ५९ ४७  

सोलुखुम्बु

१२१ ८६ ५१ ७०  

महोत्तरी

१६० २३६ १३५ २५  

सल्यान  

८७ १९८ ९३  

डडेल्धुरा

३६ ४३ ३५  

सिराहा

११५ १८३ १०० १५  

पाँचथर 

१७३ ३६२ १५४ १९  

सुनसरी

६० ९६ ४४ १६  

दैलेख

८२ २१८ १०१   १९

स्रोतः आयोगको विभिन्न मितिमा प्रकाशित नतिजा

 

प्रकाशित नतिजा अनुसार अन्तर्वार्ताका लागि जम्मा ७ हजार २७१ जना प्रतियोगी मात्रै छनोट भएका छन् । रिक्त दरबन्दीभन्दा ६८३ कम  उत्तीर्ण भएका छन् ।

७६ मध्ये ३८ जिल्लामा मागभन्दा केही बढी उत्तीर्ण भएका छन् भने दुई जिल्लामा रिक्त दरबन्दी संख्या जति नै उत्तीर्ण भएका छन् ।  अन्य जिल्लामा भने कम परीक्षार्थी उत्तीर्ण भएका छन् ।

प्रदेशगत रुपमा कोशीमा इलाम र धनकुटामा मात्र माग संख्या अनुसार परीक्षार्थी उतीर्ण भएका छन् ।सबैभन्दा बढी सोलुखुम्बुमा ७०, ओखलढुंगामा ५४, मोरङमा ३७ जना कम परीक्षार्थी उतीर्ण भएका छन् ।

मधेशमा सर्लाही, बारा, पर्सा र सप्तरीमा मात्र मागअनुसार शिक्षक उत्तीर्ण भएका छन् । लिखित परीक्षामा माग गरेभन्दा धनुषामा ४०, सिरहामा १५, महोत्तरीमा २५ र रौतहटमा १३ जना कम परीक्षार्थी उतीर्ण भएका छन् ।

बागमतीकामा कुल १ हजार ३३२ शिक्षक माग गरेकामा १५३ जना कम परीक्षार्थी उत्तीर्ण भएका छन् । दोलखामा १८, नुवाकोटमा ११, काभ्रेपलाञ्चोकमा ४०, चितवनमा ३ जना कम परीक्षार्थी अन्तर्वार्ताका लागि छनोट भएका छन् । सिन्धुली, धादिङ, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, ललितपुरमा मात्र माग अनुसार परीक्षार्थी उत्तीर्ण भएका छन् ।

गण्डकीमा बाग्लुङ, तनहुँ, गोरखा, नवलपरासी, लमजुङ र मुस्ताङमा माग अनुसार परीक्षार्थी पास भएका छन् । कास्कीमा २५ र पर्वतमा १८ जना कम परीक्षार्थी अन्तर्वार्ताका लागि छनोट भएका छन् ।

लुम्बिनीमा अर्घाखाँचीमा ११, पाल्पामा ४, रुकुमपूर्वमा १७ जना कम परीक्षार्थी उत्तीर्ण भएका छन् । कर्णालीमा सुर्खेतबाहेक अन्य जिल्लाले माग अनुसार शिक्षक पाउने देखिएको छ । सुर्खेतमा ६९ जना माग भएकामा ६३ जना उतीर्ण भएका छन् ।

सुदूरपश्चिमको बाजुरामा १८ र डडेलधुरामा १ जना कम परीक्षार्थी उतीर्ण भएका छन् । अरु जिल्लामा भने माग अनुसार परीक्षार्थी उतीर्ण भएका छन् ।

 ललितपुर, चितवन, मुस्ताङ, म्याग्दी र बाँके जिल्लाको लिखित परीक्षाको नतिजा

काभ्रेपलान्चोक, भक्तपुर, कास्की, पर्वत र कपिलवस्तु जिल्लाको लिखित परीक्षाको नतिजा 

सिन्धुपाल्चोक, मकवानपुर, नवलपरासी पूर्व, दाङ र सुर्खेत जिल्लाको लिखित परीक्षाको नतिजा 

इलाम, रामेछाप, लमजुङ, बर्दिया, रुकुम पश्‍चिम र बाजुरा जिल्लाको लिखित परीक्षाको नतिजा

धादिङ, रसुवा, गोरखा, नवलपरासी पश्‍चिम, जाजरकोट र अछाम जिल्लाको लिखित परीक्षाको नतिजा

ओखलढ्ङ्गा, सिन्धुली, तनहुँ, रुकुमपूर्व, जुम्ला र दार्चुला जिल्लाको लिखित परीक्षाको नतिजा 

उदयपुर, धनुषा, नुवाकोट, बागलुङ, पाल्पा र डोल्पा जिल्लाको लिखित परीक्षाको नतिजा 

संखुवासभा, दोलखा, स्याङजा, रुपन्देही र बैतडी जिल्लाको लिखित परीक्षाको नतिजा 

भोजपुर, पर्सा, प्युठान, मुगु र कैलाली जिल्लाको लिखित परीक्षाको नतिजा 

खोटाङ, बारा, मनाङ, अर्घाखाँची र रोल्पा जिल्लाको लिखित परीक्षाको नतिजा

 धनकुटा, सप्तरी, हुम्ला र डोटी जिल्लाको लिखित परीक्षाको नतिजा

तेह्रथुम, ताप्लेजुङ र झापा जिल्लाको लिखित परीक्षाको नतिजा 

गुल्मी, कालिकोट र कञ्‍चनपुर जिल्लाको लिखित परीक्षाको नतिजा

मोरङ, रौतहट र बझाङ जिल्लाको लिखित परीक्षाको नतिजा

सोलुखुम्बु, महोत्तरी, सल्यान र डडेलधुरा जिल्लाको लिखित परीक्षाको नतिजा

 पाँचथर, सुनसरी, सिराहा र दैलेख जिल्लाको लिखित परीक्षाको नतिजा 

A Levels MA