A Levels MA

प्रशंशा के. सी बनिन वाई वाई ग्लोकल टिन हिरो २०१८

काठमाडौँ, भाद्र १६ २०७५: राजधानीमा आयोजित एक बिशेष कार्यक्रमबीच प्रशंशा के. सीले “वाई वाई ग्लोकल टिन हिरो २०१८”को उपाधी पाएकी छिन् । के . सी लाई माननीय मन्त्रि गोकर्ण बिस्ट तथा कार्यक्रमको निर्णायकहरुले वाई वाई ग्लोकल टीन हिरोको उपाधि संगै ट्रफी हस्तान्तरण गरेका थिए ।

यो बर्ष देश भरिका प्रभावशाली किशोर किशोरीहरुबाट  कुल ५३२  आवेदन आएको थियो जसले उपेक्षा गरिएको उमेर समूहको  किशोर / किशोरी भित्र रहेको सम्भावना देखाएकोे छ । आवेदकहरुले आफु समाज सेवा, पत्रकारिता, कम्प्युटर प्रोग्राम्मिंग, रोबोटिक्स, उधमी र समुदाय विकास जस्ता गरेको कामले समाजमा परेको सकारात्मक प्रभावबाट आफ्नो कौशलता देखाएका छन् ।

सामाजिक अभियन्ता रहनु भएकी  प्रशंशा के. सी वाई वाई ग्लोकल टिन २०१८ हिरो, अन्तिम ६ प्रतिस्पर्धी आबिस्करक, विकल्प ढुंगाना, लेखिका, दीपशिखा घिमिरे, उद्यमी, सौगात तिवारी, इकोप्रेनेर, सुदर्शन सुबेदी र सामाजिक उद्यमी, स्वोर्निम श्रेष्ठ बाट छानिनु भएकी हो ।


वाई वाई ग्लोकल टिन हिरोको माध्यमबाट किशोर ( किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रोत्साहन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन यस कार्यक्रम गरिएको हो । यस मन्च मार्फत किशोर ( किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको  चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर (किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने कार्यक्रमको आयोजना गर्न लागेको हो । 

काठमाडौँबाट २०१५ मा सुरुवात भएको यो कार्यक्रम देशभरिका ४०० भन्दा बढी बिद्यालयका ५० हजार भन्दा बढी बिद्यार्थीेमाझ पुगेको थियो । आवेदकहरुले पठाउनु भएका बायोडाटा , प्रमाण र उपलब्धिको बारेमा लेखिएको निबन्धको आधारमा छनौट भएको हो । अन्तिम ६ प्रतिस्पर्धीको एकसाता सम्म व्यक्तित्व विकास तालिम भएको थियो ।भोटिंग राउण्ड र प्रतिस्पर्धीको छुट्टाछुट्टै हुने अन्तर्वार्ताको आधारमा यो बर्षको टिन हिरो छानिएको छ । 

ग्लोकल टिन हिरोको पुरस्कार समारोह १ सेप्टेम्बरमा राजनीतिज्ञ, फिल्म कलाकार, उधमशिल ब्यक्तित्व, युवा नेताहरु गरी नेपालका २५० प्रख्यात ब्यक्तित्वहरुको उपस्थितिमा होटेल सोल्टी क्राउन प्लाजामा भएको थियो  ।

Thuprai - Books and E-books