Bachelors Portal

नायक प्रदीप खड्का एल.वि.ई.एफ. गु्रप अफ इन्सटिच्यूसनको ब्य्राण्ड एम्बेडर

Managed Admission 2022

एल.वि.ई.एफ. गु्रप अफ इन्सटिच्यूसनले गौरवका साथ यस संस्थाको भूतपूर्व विद्यार्थी तथा अहिलेका सिनेमा जगत्का लोकप्रिय नायक तथा युवा ढुकढुकी, प्रदीप खड्कालाई आफ्नो ब्य्राण्ड एम्बेडरका रुपमा आबद्घ गरेको छ । उनको आबद्घताले युवा पुस्तालाई आफ्नो उदेश्य हासिल गर्न प्रेरणा मिल्नेछ भन्ने अपेक्षा यस संस्थाले राखेको छ । उनि उत्कृष्ट कलाकार, सिनेकर्मी र मोडलका रुपमा नेपाली सिने जगत्मा परिचित छन् । उनले आफ्ना कामका लागि अवार्डहरु पनि हासिल गरिसकेका छन् । उनले यसै संस्थाबाट आफ्नो स्नातक तथा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका हुन् । उनले यस संस्थालाई हरेक रुपमा सहयोग गरि प्रतिनिधित्व जनाउने छन् ।


लर्ड बुद्घ एडुकेशन फाउन्डेसन नेपालमा सूचना प्रविधी अध्ययन अध्यापन गराउने नेपालको पहिलो नीजि संस्था हो । गुणस्तरिय उच्च शिक्षा प्रदान गर्ने उद्देश्यका साथ सन् १९९८ मा स्थापना गरिएको यस संस्थाले उच्च शिक्षाका क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएको छ । सुरुवातका दिन देखि नै यस संस्थाले प्रगती गर्दै आज शैक्षिक संस्थाहरुको माझमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । १००० भन्दा बढी विद्यार्थी हाल यस संस्थामा अध्ययनरत छन् भने ८००० भन्दा बढी विद्यार्थीले यस संस्थाबाट उच्च शिक्षा प्राप्त गरिसकेका छन् । हाल यस संस्थाले एसीया प्यासिफक यूनिभर्सीटी अफ टेक्नोलोजी एण्ड इनोभेसनमलेसियाको सम्बद्घन प्राप्त गरि सूचना प्रविधी र व्यव्स्थापन संकायमा स्नातक तथा स्नातकोत्तरका कक्षाहरु संचालन गरिरहेको छ ।

पाटन कलेज अफ प्रफेसनल स्टडिजलर्ड बुद्घ एडुकेशन फाउन्डेसनको भगिनी संस्थाको रुपमा रहेको छ । यस संस्था स्थापना गर्नुको मुख्य उद्देश्य भनेको उज्वल भविष्य निर्माणकालागि नेपालमा नै अन्तराष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्नु हो । हाल यस संस्थाले युनिभर्सिटी अफ बेडफर्डसायरको (विश्वस्तरिय यू.के अवस्थित विश्वविद्यालय) सहकार्यमा BBA / BSc. Computer Science and Software Engineering  का कक्षाहरु संचालन गरिरहेको छ ।


पाटन कलेज अफ प्रफेसनल स्टडिजले यहि अगस्ट १० गते (श्रावण २५ गते) ओपन हाउस इभेन्ट संचालन गर्ने भएको छ जसमा सहभागिहरुले विभिन्न सांगितिक प्रस्तुतीहरुका साथै मनोरञ्जनात्मक खेलहरु, दक्षहरुद्वारा करियर गाइडेन्सका साथै अन्य थुप्रै कुराहरुको मजा उठाउन सक्ने छन् ।

एल.वि.ई.एफ. गु्रप अफ इन्सटिच्यूसनले सन् २०१५ देखि एसीया प्यासिफक यूनिभर्सीटी अफ टेक्नोलोजी एण्ड इनोभेसन, मलेसियासँग आबद्घ भई BSc (Hons.) in Information Technology  का कक्षाहरु संचालन गर्दै आएको छ । हाल श्रम बजारमा तथा व्यवसायिक क्षेत्रमा रहेको मागलाई लक्षित गरि Cloud Computing, Network Computing, Mobile Technology, Internet of Things (IOT)  का specialized  कोर्सहरु संचालन गर्न पाउँदा यस संस्था गौरव महसुस गर्दछ । एल.वि.ई.एफ. क्याम्पसले अध्ययन अध्यापनलाई थप टेवा पु¥याउन दश भन्दा बढि अनलाइन पुस्ताकालयहरुको पनि व्यवस्था गरेको छ ।


शिक्षा तथा व्यवसायमा रहेको गहिरो खाडल हटाउन यस संस्थाले मनिपाल प्रो– लर्नसँग सहकार्य गरि ५० भन्दा बढि आवश्यक व्यवसायिक कोर्सहरु प्रदान गर्ने गरेको छ । यस संस्थाका सम्पूर्ण विद्यार्थीहरुले निःशुल्क रुपमा यस कोर्सको फाइदा उठाउन सक्नेछन् । Hadoop, MongoDbआदिका प्रयोग गरि Big Data  का क्षेत्रमा कोर्सहरु प्रदान गरिएको छ ।

यसका साथसाथै एल.वि.ई.एफ. गु्रप अफ इन्सटिच्यूसनले कम्प्यूटरमा आधारित क्यारियर एसेस्मेन्ट संचालन गर्न लागेको छ । यो एक वैज्ञानिक पद्घती हो जसले औंठाछापको अध्ययनद्वारा व्यत्तिको व्यक्तित्व र क्षमता पत्ता लगाउने  गर्दछ । हाल विश्वमै प्रचलित यस टेस्टले लोकप्रियता हासिल गर्दै आइरहेको छ । यस टेस्टको विकास न्युरोसाइन्स, इम्ब्रोलोजी, जेनेटिक्स, मनोविज्ञान तथा डर्माटोग्लाफिक्समा आधारित भई दक्ष चिकित्सक तथा वैज्ञानिकहरुले गरेका हुन् ।

Select college / campus