प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी  प्राडा  शर्मा

स्वास्थ्य मन्त्रालयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी  प्राडा सञ्जीव शर्मालाई  प्रदान गरेको छ । सर्पदंश विशेषज्ञ तथा मुटु र मृगौला रोगका पनि विशेषज्ञ प्राडा शर्मालाई प्रतिष्ठानको प्रशासनिक कार्य गर्ने गरी  जिम्मेवारी  दिइएको हो ।

शुक्रबार निमित्त उपकुलपतिको जिम्मेवारी शर्मालाई दिइएको प्रतिष्ठानका सह प्रवक्ता डा चूडामणि पोखरेलले जानकारी दिए।

उपकुलपति डा ज्ञानेन्द्र गिरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दामा दायर गरेपछि निलम्बनमा परेका छन् । उपकुलपतिको जिम्मेवारी पाएका प्राडा शर्मा प्रतिष्ठानका शिक्षाध्यक्ष हुन ।

Degrees offered in nepal
Counseling
Bachelors Portal