After SEE Portal

लुम्बिनी प्राविधिक विश्वविद्यालको उपकुलपतिमा प्राडा ढकाल नियुक्त

Bridge Course

लुम्बिनी प्रदेशिक विश्वविद्यालयको रुपमा सञ्चालनमा आउन लागेको ‘लुम्बिनी प्राविधिक विश्वविद्यालय’को उपकुलपतिमा प्राडा विनोद ढकाल नियुक्त भएका छन् ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले ढकाललाई  पहिलो उपकुलपतिका रुपमा चार वर्षका लागि नियुक्त  गरेको हो । प्राडा ढकाल रुपन्देहीको बुटवल उपमहानगरपालिका सेमलारका स्यायी बासिन्दा हुन् ।

सरकारले बाँकेको खजुरामा प्राविधिक विश्वविद्यालय सञ्चालनको तयारीमा रहेको  छ । प्राडा ढकालले त्रिभूवन विश्वविद्यालय ग्राजुएट स्कुल अफ एजुकेसनका निर्देशक   शिक्षा शास्त्र केन्द्रीय गणित विभागका प्राध्यापकको जिम्मेवारी निर्वाह गरिसकेका छन् । नवनियुक्त उपकुलपति ढकाल नेपाल गणित समाजका आजीवन सदश्य समेत हुन् ।

A Levels MA
Thuprai - Books and E-books