After SEE Portal

पोखराले ट्युसन सेन्टरलाई कडाइका साथ नियमन गर्ने (नीति तथा कार्यक्रम सहित)

Bridge Course

पोखरा महानगरपालिकाको आगामी वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरिएको छ । उक्त नीति तथा कार्यक्रममा ट्युसन सेन्टरलाई कडा नियमन गरिने उल्लेख गरिएको छ ।

दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउने महानगरबाट थप रु. १० प्रदान गरिने उल्लेख छ ।

शिक्षामा पोखरा

विद्यालय उमेर समूहका बालबालिकालाई भर्नाको सुनिश्चितता गर्दै गुणस्तरीय आधारभूत तथा माध्यमिक शिक्षाको पहुँचलाई थप विस्तार गरिनेछ ।

िवद्यालयमा इन्टरनेट सेवा जडान गरी इ लाइब्रेरी, स्मार्ट टिभी, कम्प्युटर ल्याब सहितको इ–क्लास सञ्चालन गर्न प्रोत्साहित गर्दै लगिनेछ । सफा पिउने पानीको सुनिश्चितता गरिनेछ ।

संस्थागत विद्यालयले जेहन्दार, विपन्न, असहाय बालबालिकालाई प्रदान गर्दै आएको छात्रवृत्तिलाई व्यवस्थित र पारदर्शी बनाइनेछ । संस्थागत विद्यालय र सामुदायिक विद्यालयमा निजी स्रोतमा कार्यरत कर्मचारी तथा शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गरिनेछ ।

१२२. दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित गर्दै स्थानीय उत्पादनलाई प्राथमिकता दिई स्वस्थ र पोषणयुक्त दिवा खाजाको व्यवस्था मिलाइनेछ । खाजावापत उपलब्ध गराइदै आएको रकममा महानगरको तर्फबाट रु.१० थप गरि प्रति विद्यार्थी रु.२५ पुर्याइने छ । खाजाको रुपमा जङ्क फुडको उपयोगलाई निषेध गरिनेछ । सामुदायिक विद्यालयहरूमा दक्षता अभिवृद्धि सहित समयानुकूल पाठ्यक्रम तथा दक्ष जनशक्ति व्यवस्थापन गरी अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन सञ्चालन गरि गुणस्तरीय शिक्षा प्रदान गर्ने व्यवस्थालाई थप प्रभावकारी बनाइनेछ ।

१२३. महानगर भित्र प्राविधिक शिक्षामार्फत सिक्दै कमाउँदै कार्यक्रम लागु गरिनेछ । प्राविधिक शिक्षालयमा अध्ययनरत बिद्यार्थीहरुलाई वडा र व्यावसायिक प्रतिष्ठानहरूमा पेड इन्र्टनको व्यवस्था मिलाइनेछ ।

गण्डकी बहुप्राबिधिक शिक्षालयको स्तरोन्नति गर्दै स्वास्थ्य तथा स्थानीय बजारको मागमा आधारित अन्य कार्यक्रम थप गरी सञ्चालनमा ल्याइनेछ । पोखरा महानगरपालिकाद्धारा संचालित गण्डकी बहुप्राविधिक शिक्षालयको नाम संसोधन गरि पोखरा बहुप्राविधिक शिक्षालयमा रुपान्तरण गरिनेछ । परामर्श सेवा केन्द्र निजी स्तरमा सञ्चालित ट्युसन तथा कोचिङ सेन्टर, भाषा तालिम तथा प्रशिक्षण केन्द्रलाई कडाइका साथ नियमन गरिनेछ । लक्षित वर्गमा विशेष आवश्यकता र क्षमता भएका बालबालिकालाई प्राविधिक उच्च शिक्षामा अभिप्रेरित गर्न विशेष कार्यक्रम लागु गरिनेछ । आधारभूत तह (कक्षा १ देखि ५ सम्म) मातृभाषामा अध्यापन गराउनका लागि प्रशिक्षक तालिमको व्यवस्था गरी स्थानीय भाषाको प्रवद्र्धन गर्दै मातृभाषा मार्फत शिक्षा प्रदान गर्न प्रोत्साहन गरिनेछ ।

१२५. विद्यालय शिक्षा सुधार कार्यक्रम लागु गरिनेछ । महानगरले जारी गरेको १७ बुँदे विद्यालय शिक्षा सुधार निर्देशन कडाइका साथ लागु गरिने छ । प्रधानाध्यापकसँग महानगरले र शिक्षकसँग प्रधानाध्यापकले गरेको कार्यसम्पादन सम्झौतालाई दृढताका साथ कार्यान्वयन गरिने छ । कार्यसम्पादन उत्कृष्ट हुने विद्यालय तथा प्रधानाध्यापकलाई उचित प्रोत्साहन प्रदान गरिनेछ । वडा स्तरमा अनौपचारिक शिक्षा तथा प्राविधिक सिप सिकाइको लागि सामुदायिक सिकाई केन्द्रहरूलाई जिम्मेवार बनाइनेछ ।

१२६. बाल विकास केन्द्रहरूको सबलीकरण गर्दै बाल विकासको अनुभव सहित कक्षा १ मा भर्ना हुने वद्यार्थीको संख्यामा वृद्धि गरिनेछ । कक्षाकोठाको सिकाइलाई प्रविधिमैत्री बनाउँदै लगिनेछ । शिक्षकको क्षमता अभिवृद्धिका लागि छोटो अवधिका तालिम कार्यक्रमहरु सञ्चालन गरिनेछ । कानुन सम्मत रूपमा संस्थागत विद्यालयहरूले उपलब्ध गराउनुपर्ने क्षात्रवृत्तिलाई पारदर्शी र व्यवस्थित गराउन अनुगमनलाई प्रभावकारी बनाइनेछ ।विद्यार्थी संख्याका आधारमा विद्यालय नर्स कार्यक्रम लागु गरिनेछ । प्रध्यानाध्यापकहरुको कार्यसम्पादन सन्तोषजनक नभएमा खुला प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक नियुक्त गर्ने नीति अवलम्बन गरिने छ । स्थानीय पाठ्यक्रमका रूपमा नैतिक शिक्षा, अतिथि सत्कार, कला साहित्य, संस्कृति र कृषि पर्यटनको पाठ्यक्रम तयार गरी लागु गरिनेछ । विद्यालय शिक्षालाई थप व्यवसायीक बनाउन दक्ष शैक्षिक जनशक्तिको व्यवस्था गरिनेछ ।

 

यस्तो छपोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम

A Levels MA