पोखरा महानगरपालिकाले भन्योः तत्काल अनलाइन कक्षा रोक्नु

पोखरा महानगरपालिकाले अनलाइन कक्षाहरु सञ्चालन नगर्न भनेको छ । महानगर शिक्षा शाखाले बिहीबार विज्ञप्ति जारी गर्दै अनलाइन कक्षाहरु सञ्चालन नगर्न भनेको छ। कक्षा ९ भन्दा मुनीका कक्षाहरुमा अनलाइन कक्षा सञ्चालन नगर्न पोखरा महानगरले अनुरोध गरेको हो । 

कोभिड–१९  संक्रमण फैलिन नदिन लागू गरिएको लकडाउन लम्बिँदै गएपछि पोखरामा रहेका विद्यालयले अनलाइन कक्षा अघि बढाएका थिए । 

केही निजी विद्यालयले आवश्यक प्रक्रिया र पूर्वाधारको तयारी नै नगरी अनलाइन कक्षा सञ्चालन गरेको भन्दै अनुमति बिना कक्षा सञ्चालन नगर्न सूचना जारी गरेको हो ।

Thuprai - Books and E-books