After SEE Portal

शैक्षिक उन्नयनका लागि नयाँ योजना बनाउँछौँ : प्रधानमन्त्री

Bridge Course


काठमाडौँ, ९ साउन (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शैक्षिक उन्नयनका निम्ति सरकारले नयाँ योजना बनाइरहेको बताउनुभएको छ । 

प्रधानमन्त्री निवासमा आज भएको लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौँ सभामा उहाँले कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हुन्छ त्यसैअनुसार शिक्षण संस्था स्थापना गर्नुपर्ने बताउनुभएको छ  । 
अध्ययन नगरी जथाभावी खोलिएका शिक्षण संस्थाका कारण योग्यताको प्रमाणपत्र व्यक्तिका लागि गौरवभन्दा पनि पीडाको विषय भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । 

“चाहिएको छ कृषिविज्ञ प्रमाणपत्र छ अरू नै विषयको, यस्तो भएपछि मान्छे बेरोजगार हुन्छ अनि प्रमाणपत्र पाउँदाको उत्साह केही दिनमै पीडामा परिणत हुन्छ ।” तसर्थ ,सरकारले सबै क्षेत्रको अध्ययन गरेर कहाँ कति जनशक्ति आवश्यक छ सोही अनुसार शिक्षण संस्था खोल्नका लागि सिफारिश गर्ने उहाँले स्पष्ट पार्नुभयो । 

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओली बालुवाटारमा बुधबार बसेको लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौँ सभाको बैठकको अध्यक्षता गर्नुहुँदै । साथमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललगायत । तस्बिर ः प्रदीपराज वन्त, रासस


A Levels MA
Thuprai - Books and E-books