युनिग्लोव कलेजद्वारा कर्पोरेट प्लेसमेन्ट मेला आयोजना

काठमाडौंको नयाँ बानेश्वरमा रहेको युनिग्लोव कलेज परीसरमा मिति २०७६ कार्तिक २९ गते शक्रवारको दिन विभिन्न संघ संस्थाहरुको उपस्थितीमा कर्पोरेट प्लेसमेन्ट मेला सम्मन्न भएको छ । कार्यक्रममा व्यवस्थापन संकायका एम.वि.ए(फाइनान्स), एम.वि.ए., वि.वि.ए. र वि.वि.ए–विआईकार्यक्रमका भर्खरै उत्तिर्ण भएका छात्र छात्राहरु गरी १०० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा स्टाण्डर्ड चार्टड बैंक, एनआइसी एशिया बैंक, शंकर ग्रुप, कान्तिपुर मिडिया ग्रुप, मोरङ्ग अटोवर्कस, सानिमा लाईफ इन्सुरेन्स, सिटिजन लाईफ इन्सुरेन्स, शिखर अर्गनाइजेशन, सिप्रदि टेडिङ्ग, गोल्यान ग्रुप, एनआइसी एशिया क्यापिटल, ई–शेवा, होङ्गफु कम्युनिकेशन, मिरा वायोटेक, ओदत फुड्स एण्ड वेभरेज, क्लाशिकटेक, ओयो रुम्स, ओप्पो मोवाईल, स्किल बेस्ट, सिई कन्सट्रक्सन लगायत २१ वटा विभिन्न क्षेत्रका कम्पनिहरुको उपस्थिति थियो । 

कार्यक्रमको उद्घाटनमा युनिग्लोव कलेजका प्रबन्ध निर्देशक तथा प्राचार्य डा.नर बहादुर विष्टले युनिग्लोव कलेजका विद्यार्थीहरुले व्यवस्थापन अध्ययनसँग सँगै बजारको माग बमोजिम बहुआयामिक शिक्षा हासिल गरेकाले यस्तो अवसरले उनीहरुलाई आफ्नो गन्तव्यमा पु¥याउनको लागि विशेष सहयोग हुने बताउनु भयो । साथै कलेजका शैक्षिक निर्देशक प्रा.डा.राधेश्याम प्रधानले यस्ता कार्यक्रमले विद्यार्थीहरुको भविष्य उज्वल बनाउने बताउदै युनिग्लोव कलेजका विद्यार्थीहरुको गुणस्तर र क्षमतामा अव्वल हुने बताउनु भयो । कार्यक्रममा कलेजका कार्यक्रम निर्देशक अनन्त राज घिमिरेले युनिग्लोवले विद्यार्थीहरुलाई बजारको माग बमोजिम विशिष्ट शिक्षा र प्रयोगात्मक अभ्यास गराउँदैमाग बमोजिम दक्ष जनशक्ति उत्पादन गर्दै आएको बताउनु भयो साथै यहाँका विद्यार्थीहरुमा सकारात्मक सोच, विलक्षण प्रतिभा एवं समस्या समाधानको निम्ति क्षमतावान रहेको बताउनु भयो ।


कलेजका प्रचार्य डा. विष्टका अनुसार युनिग्लोव कलेजबाट अध्ययन पश्चात् विद्यार्थीहरुले बढीमा दुई देखि तीन महिना भित्रमा आफुले रोजेको र खोजेको क्षेत्र तथा स्थानमा रोजगार प्राप्त गरेको बताउनु भयो । साथै युनिग्लोवका ग्राजुएट विद्यार्थीहरु मध्य कम्तीमा दश प्रतिशतले आफ्नै व्यापार, व्यवसाय सुरु गर्ने गरेको बताउनु भयो । अन्त्यमा यस्ता कार्यक्रमले विद्यार्थीहरुको मनोवल बढाउनुको साथै उनीहरुलाई सदैव अग्रसर रहनको लागि प्रेरणा मिलेको र कार्यक्रम भव्यताका साथ सम्पन्न भएको जानकारी दिनुभयो । कार्यक्रममा सहभागि अधिकांश कम्पिनीहरुले उक्त कार्यक्रममै अन्तरवार्ता पश्चात्केही विद्यार्थीहरुलाई नियुक्ति पत्र समेत दिएका थिए । सो कार्यक्रम स्किल बेष्ट ट्रेनिङ्ग एण्ड कन्सल्टिब प्रा.लि.ले सहकार्य गरेको थियो ।


Degrees offered in nepal
Counseling
Bachelors Portal