Bachelors Portal

लिङ्कन विश्वविद्यालयबाट​ सम्वन्धन प्राप्त पहिलो नेपाली कलेज फिनिक्स

यहाँ पढ्नु र विदेशमा पढ्नु कुनै फरक छैनः डा. विनोदबहादुर खत्रि, संस्थापक, फिनिक्स कलेज

वि.स.२०११ सालमा लिङ्कन यूनिर्भसिटिमा दर्ता भएको पहिलो निजि कलेज हो फिनिक्स कलेज । लिङ्कन यूनिर्भसिटिबाट संम्बन्धन प्राप्त व्यवस्थापन संकायको पढाई हुने यो कलेज थापागाउँ काठमाडौँमा अवस्थित छ । स्थापनाको समयबाट निरन्तर रुपमा संञ्चालनमा आएको यो कलेजमा अहिले पनि करिव १७० जना विद्यार्थिहरु अध्ययन गर्दै आएका छन् । 

पहिलो वर्षहरुमा कडा मेहनेत गरेर अहिलेसम्म करिव पाँच सय जना विद्यार्थिहरुले यो कलेजवाट आफ्नो डिग्रि हासिल गरिसकेका छन् । यस कलेजवाट अध्यायन पुरा गरेर निस्किएका विद्यार्थिहरु केहि उद्योग क्षेत्रमा संलग्न छन् त केहि व्यापारमा पनि छन् । कुनै सरकारि जागिरे त कुनै संघ संस्थामा आवद्ध छन् । 

डा. विनोदबहादुर खत्रि, संस्थापक, फिनिक्स कलेज

कलेजका प्रिन्सिपल तथा कलेजका संस्थापक डा. विनोद वहादुर खत्रि भन्छन ‘यहाँ पढ्नु र विदेशमा पढ्नु कुनै फरक छैन तर, विदेशमा पढ्न जानुको रहस्य चाहि उतै पढ्ने उतै स्थापित भएर वस्ने लोभले गर्दा हो । नेपालमा पढेर सकेपछि भने जस्तो जागिर नपाइने, पाएपनि कम तलव जस्तो समस्याले विद्यार्थि आफ्नो लागेको खर्च पनि पुर्ति गर्न नसक्ने कारणले बिदेशिएका होलान् ।”३० जना शिक्षक रहेको यो कलेजमा पुर्ण र आशिंक रुपमा पठन पाठनमा कार्यरत छन् । 
स्थापना कसरि हुन पुग्यो ?

लिङ्कन यूनिर्भसिटिबाट दर्ता गरियो र पहिले केही समय संञ्चालन भएपछि विचमा रोकिने अवस्था आउँदै गर्दा कलेज व्यावस्थापन पक्ष परिवर्तन भई संञ्चालनमा आयो । 

किन फिनिक्स कलेज नै रोज्ने ?

यो कलेज लिङ्कन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त नेपालकै पहिलो व्यवस्थापन पढाई हुने कलेज हो । यहाँ समय समयमा विभिन्न देशका शिक्षकहरु अध्यापन गराउन तथा विभिन्न तालिम दिन आउने गर्छन । यस कलेजमा देश तथा विदेश को कल्चर आदान प्रदान हुने भएकाले यहाँ अध्यायनरत विद्यार्थिहरु लाई धेरै कुराको ज्ञान हुने हुदा फिनिक्स कलेज रोज्ने गरेको पाईन्छ ।

अरु कलेज भन्दा फिनीक्स किन फरक छ ?

लिङ्कन विश्वविद्यालय वाट सम्बन्धन प्राप्त नेपालकै पहिलो व्यावस्थापन संकायको कलेज हो । यहाँ निरन्तर रुपमा पढाई हुन्छ, सम्पुर्ण शिक्षक शिक्षिका हरु पाठ योजनाको साथमा पठन पाठन गर्नुहुन्छ, मनोरम आफ्नो घरको जस्तै वतावरणमा सिकाई उपलव्ध हुने र अन्तराष्ट्रिय क्षेत्रका ज्ञानहरुपनि प्रदान गर्ने भएकाले । 

लिङ्कन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त नेपालमा कलेजको संख्या कति छन् ?

अहिले सम्म नेपालमा लिङ्कन विश्वविद्यालय वाट सम्वन्धन प्राप्त १२ वटा कलेज छन् । यस्ता कलेज नेपालको विभिन्न ठाउँमा रहेका छन् । पुर्वमा पनि र पश्चिममा पनि रहेका छन् ।

लिङ्कन विश्वविद्यालय

अव यो कलेजको भावि योजना के रहेको छ ?

यहाँ पढाई हुने संकायहरु थप गर्दै जाने योजना छ । आई.टि. कोर्ष समावेश गर्दै आई.टि.तथा वि.आई.टि. कोर्षहरु समावेश गर्ने लक्ष्य राखेका छौं । आफ्नै भवन संञ्चालन गर्ने छ, विद्यार्थि हरुलाई छात्रवृत्ति उपलब्ध गराउने र विदेशि शिक्षकहरुवाट आई.टि. तालिम समावेश गर्ने योजना बनाएका छौं । 
विश्व विद्यालय जुनसुकै देशमा रहेपनि आफ्नो सेवा सुविधा विद्यार्थिको  लागि प्रदान गर्ने हो, विदेशमा जस्तै सेवा नेपालमै दिएको छ भने विश्व विद्यालय वरावर हुन्छ ।

शुल्क को अवस्था कस्तो छ ?

शुल्कको संन्र्दभमा सबैभन्दा सहज शुल्क लिदै आएको छ ,जहाँ त्रिभुवन विश्वविद्यालयले लिदैं आएको भन्दा पनि सस्तो शुल्क लिएको छ । नेपालको सरकारि स्थरको क्याम्पसले भन्दा सस्तो शुल्क अन्य कलेजहरुले लिएको पनि हुदैन तर फिनिक्स कलेजले सहज शुल्क लिईएको छ ।

Thuprai - Books and E-books