Bachelors Portal

पिसीपिएस कलेजद्वारा वेडफोरसीयर यूनिभर्सिटीसँगको सहकार्यमा दोश्रो दिक्षान्त समारोह आयोजना

Managed Admission 2022

१० डिसेम्बर २०१९ मा  वेडफोरसीयर विश्वविद्यालयसँग सम्बद्घता लिएको पिसीपिएस कलेजले होटल सोल्टी क्राउन प्लाजामा आफनो दोश्रोे दिक्षान्त समारोह आयोजना गर्यो । २१ वर्ष लामो गौरब पूर्ण इतिहास बोकेको LBEF Group of Institutions सँग आबध भइ इ.स २०१७ देखि नेपालमा अन्तराष्टिय स्तरको गुणस्तरिय शिक्षा प्रदान गर्दै आइरेको छ । उक्त समारोहमा  BBA (Hons), BSc (Hons) Computer Science & Software Engineering का ४६ विद्यार्थी दिक्षित भएमा थिए ।

वेडफोरसीयर विश्वविद्यालयले प्रदान गर्ने डिग्रीहरु शिक्षा मन्त्रालयको स्विकृति प्राप्त गरि त्रिभुवन विश्वविद्यालयको समन्वय हासिल गरेका छन् । दिक्षान्त समारोहमा प्रोफेसर अश्रफ जावेद, डेपुटी  भाइस चान्सलर  युनिभरसिट अफ वेडफोरसायर, इ पंकज जलान चयर म्यान LBEF group of company, इ प्रकाश कुमार Executive Director LBEF group of Institutions, Prof. Gita Bhakta Joshi, Advisory member LBEF Group of Institutions , Mr. Rajendra Khetan, President of Nepal Britain Chamber of Commerce and Industries, Er. Ajaya Kumar Sharma, Dean of PCPS College,  Dr. Haiming Lui, Link Coordinator, School of Business, University of Bedfordshire, Dr. Youngmai Bently , Link Coordinator School of Business, University of Bedfordshir, Mr Saurav Satyal Head of Department Business PCPS College, Dr. Swati Sah, Head of Department Computing, PCPS  का व्यत्तिहरुद्वारा यस दीक्षान्त समारोहको उद्दघाटन गरियो ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य LBEF Group of Institutions का डीरेक्टर प्रकाश कुमार ज्यूले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिज्यू तथा विद्यार्थीहरुलाई स्वमगत गर्नु भएको थियो । साथै उहाँले प्रमाण पत्र वितरणका लागि दिक्षान्त लिन आएका विद्यार्थीहरुलाई क्रमश मन्चमा आमन्त्रण गर्नु भएको थियो भने वेडफोरसायर विश्वविद्यालयका भाइस चान्सलर प्रोफेसर अश्रफ जावेद ज्यूले विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो । दीक्षान्त समारोहमा विद्यार्थी विवेक मर्हनजले कलेज पढदाको अनुभवहरु सुनाउनु भएको थियो । समारोहमा Rajendra Khetan ज्यूले शुभकामना मनतव्य राख्नु भएको थियो र अन्त्यमा LBEF Group of Institutions का चेयर म्यान पंकज जलानजीले उपस्थीत सम्पूर्ण अतिथि तथा दीक्षित विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गदै समारोहको अन्त्य गर्नु भएको थियो । 

Select college / campus