After SEE Portal

शिक्षण शुल्क बाहेक अन्य शुल्क लिन नपाइने

Bridge Course

शिक्षा मन्त्रालयले विश्वविद्यालयलाई कोभिड सङ्क्रमणका कारण कायमै रहेको अवस्थामा अन्य क्रियाकलाप नभएकाले पढाइ शुल्क बाहेक अन्य शुल्क नलिन पत्राचार गरेको छ।

मन्त्रालयले प्रतिनिधि सभा, शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन अनुसार सचिवस्तरीय निर्णय गरी विश्वविद्यालयलाई शिक्षण शुल्क बाँहेक अन्य शीर्षकको शुल्क नलिन निर्देशन दिएको हो

मन्त्रालयले लामो समयदेखित्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, र सूदुरपश्चिम विश्वविद्यालयलाई अतिरिक्त शुल्क नलिन पत्राचार गरेको मन्त्रालयले जानकारी दियो ।

इन्जिनियरिङ्ग कलेजहरुको विवादित शुल्कको विषयमा कोभिड १९ को संक्रमण कायमै रहेको अवस्थामा अन्य क्रियाकलाप नभएकोले पढाइ शुल्क नलिने व्यवस्था गर्ने मन्त्रालयले पठाएको पत्रमा उल्लेख गरिएको छ ।

मंगलबार समिति अध्यक्ष जयपुरी घर्तीको अध्यक्षतामा बसेको समितिको वैठकले कोभिडको समयमा अन्य क्रियाकलाप नभएकाले अध्ययन शुल्क मात्र (ट्युसन फि) लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

निजी इन्जिनियरिङ कलेजले अनलाइन कक्षाको चर्को शुल्क लिएको विरोधमा विगत तीन हप्ता देखि प्रर्दशन गर्दै आएका थिए । विगतमा कोरोना संक्रमणपछि भौतिक रुपमा कक्षा संचालन नभएको हुँदा अन्य शुल्क हटाएर पढाइ शुल्क मात्र लिनुपर्ने माग राख्दै आएका विद्यार्थीले निर्णय कार्यान्वयन भएमा माग सम्बोध हुने काठमाडौं इन्जिनियरिङ कलेजका विद्यार्थी भुषण गाहाले बताए ।

इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत रहेका १० वटा प्राइभेट कलेजहरुले २ वटा मोडालिटीमा शिक्षण गर्दैै आएका छन् । वार्षिक र सेमेस्टर प्रणालीमा शिक्षण गर्दै आएका छन् । समेस्टरमा शिक्षण गर्ने कलेजहरुले अनलाईन कक्षा सञ्चालन मात्र गरेको भए पनि कलेजमा हुने खेलकुद सप्ताह तथा अन्य विविध क्रियाकलापमा लाग्ने शुल्क लिएको भन्दै तीन हप्ता विद्यार्थीले १० वटै कलेजमा तालाबन्दी गरेका थिए ।

A Levels MA
Thuprai - Books and E-books