ब्रिटिस कलेजमा नयाँ विद्यार्थीलाई ओरिन्टेसन कार्यक्रम सम्पन्न

थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ले नयाँ भर्ना भएका विद्यार्थीहरुको लागि ओरिन्टेसन कार्यक्रम सम्पन्न गरेको छ । जनावरी तथा फेब्रुअरी इन्टेकको लागि भर्ना भएका विद्यार्थीहरुलाई लक्षित गरी कलेजले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सञ्चालन गरिएको सो कार्यक्रममा वीएस्सी हन्स, कम्प्युटिङ, बीबीए तथा बीएचएममा भर्ना भएका  विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कोभिड– १९ को महामारीको कारण सन् २०२० का कक्षाहरु भर्चुअल रुपमा सञ्चालन गरिएकाले विद्यार्थीहरु पहिलो पटक सो कार्यक्रममा साक्षत्कार भएको कलेजले जानकारी दिए ।

स्वास्थ्य सुरक्षाको मापदण्डलाई लागू गर्दै सुरक्षित तरिकाले ओरिन्टेसन कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा कलेजका प्रिन्सिपल तथा अन्य पदाधिकारिहरुसँगै पार्टनर युनिभर्सिटी लिड्स बेकेट तथा द युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्डका पदाधिकारिहरुको मन्तव्यको भिडियो प्रस्तुत गरिएको थियो ।

Thuprai - Books and E-books