A Levels MA

बहुप्राविधिक शिक्षालय खोलिने ः वनमन्त्री

जाजरकोट, ३० कात्तिक (रासस) ः वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटमा बहुप्राविधिक शिक्षालय खोल्ने तयारी पूरा भएको बताउनु भएको बताउनु भएको छ । 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले एचए, अनमी र स्टाप नर्सलगायत प्राविधिक शिक्षा पढाउन शिक्षालयको काम शुरु भइरहेको जानकारी दिनुभएको हो । उहाँले जिल्लाका सात स्थानीय तहमा विद्युतीकरणका लागि रु २८ करोड ९० लाखको बजेट विनियोजन भई कार्यान्वयन प्रक्रियामा रहेको जानकारी दिनुभयो । 
सञ्चार सेवालाई भरपर्दो तथा सबैको पहुँच पु¥याउन टावर निर्माणका काम गर्न टेण्डर प्रक्रिया भइ काम अगाडि बढेको भन्दै मन्त्री बस्नेतले जिल्लाका नलगाड र छेडागाड नगरपालिकामा अस्पताल खोल्ने तयारी अन्तिम चरणमा पुगेको उल्लेख गर्नुभयो । 

चुनावमा गरिएको प्रतिबद्धताहरु शत्प्रतिशत पूरा हुने दाबी गर्दै उहाँले जडीबुटीका लागि पकेट क्षेत्र घोषणा गर्ने तयारीमा मन्त्रालयले अन्तिम तयारी गरेको बताउनुभयो । यसअघि उहाँले प्रदेश स्तरीय बृहत् जलाधार व्यवस्थापन केन्द्रको सदरमुकाम खलङ्गामा उद्घाटन गर्नुभएको थियो । 

Thuprai - Books and E-books