After SEE Portal

खुला विश्वविद्यालयका सबै कार्यक्रम यथावत

Bridge Course

नेपाल खुला विश्वविद्यालयका दैनिक कार्य सम्पादनमा केही कठिनाइ भए पनि अन्य कार्यक्रम नियमित सञ्चालन भइरहेका छन् ।विश्वविद्यालयले नयाँ भर्ना प्रकिया तथा परीक्षा र अभिमुखीकरण कार्यक्रम अनलाइनबाट सञ्चालन गरी आफ्ना सबै कार्यक्रम यथावत सञ्चालन गरेको हो ।

विश्वविद्यालयले विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तहमा २०७६ हिउँदे  सत्रमा भर्ना भएका  इन्टरनेटको सहज पहुँच नभएका विद्यार्थीलाई लक्षित गरी विश्वविद्यालयले नेपाल टेलिकमको विशेष ई-शिक्षा प्याकेजको सुविधा पनि मिलाएको छ ।

विश्वविद्यालयको विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तहमा २०७६ हिउँदे सत्रमा भर्ना भएका विद्यार्थीहरुको पहिलो सम्पर्क कक्षा तथा अभिमुखिकरण कार्यक्रम यही जेठ १५ र १६ गते सञ्चालन गर्ने भएको छ । मास्टर डिग्री इन इओएच र मास्टर डिग्री इन एनआरडीकोअभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको हो । अन्य विषयको  नयाँ कक्षा भने विश्वविद्यालयले सञ्चालन गरिसकेको छ ।

विद्यमान कोरोना भाइरसको महामारीबाट उत्पन्न सङकटलाई ध्यानमा राखी अनलाइनबाट टिमसको प्रयोग गरी सो कक्षा सञ्चालन गर्न भएको हो ।

विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायका डीन प्रा.डा. इन्द्र बहादुर कार्कीका अनुसार सम्बन्धित विषयका कार्यक्रम संयोजकहरुले विद्यार्थी तथा प्राध्यापकहरुलाई जानकारी गराई सो कार्यक्रम मासहभागी हुनु पर्ने छ ।

विश्वविद्यालयका उपकुलपति शर्माले बेलुकी ६.३० देखि राती ९.३० बजेसम्म सञ्चालन हुँदै आएको ‘रियल टाइम अनलाइन’ कक्षा लकडाउनको सुरुमा केही दिन प्रभावित भएको भएपनि अहिले नियमित सञ्चालन भइरहेको बताए ।

इन्टरनेटका माध्यमबाट सञ्चालन हुने कक्षामा शिक्षक र विद्यार्थीको समूह विभाजन गरी कक्षा सञ्चालन भइरहेका छन् । ‘विश्वविद्यालयका सबै कक्षा अहिले नियमित भइरहेका छन् । उपकुलपति शर्माले भने, ‘सम्पूर्ण तयारी सकेर पनि लकडाउनका कारण केही कार्यक्रमको नतिजा प्रकाशनमा ढिलाइ भएको छ।’

‘विश्वविद्यालयका कुनै कार्यक्रम पनि स्थगित भएका छैनन् ।’ उपकुलपति शर्माले भने, ‘हाम्रो नियमित सबै कार्यक्रम भइरहेका छन् अभिमुखीकरण कार्यक्रम पहिला फेसटु फेस हुने भएपनि अहिले सो कक्षा अनलाइनबाट गर्दै आएका छौं, अहिले विद्यार्थीलाई केन्द्रमा बोलाउन नसकिने भएकाले अनलाइनबाट सञ्चालन गरेको हौं । यो कार्यक्रममा विद्यार्थीलाई विश्वविद्यालयले सञ्चालन गरेको प्रविधिको बारेमा पनि सिकाउँछौं ।’

A Levels MA
Thuprai - Books and E-books