विश्वविद्यालय मर्जको बाटो खुल्ला

के तपाई कुनै विश्वविद्यालयमा अध्ययन गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने कुनै दिन तपाईले अध्ययन गर्दै गरेको विश्वविद्यालय अर्को विश्वविद्यालयमा रुपान्तरण हुँदा अचम्म मान्नुपर्दैन ।

कारण, अवदेखि कुनै विश्वविद्यालयले गाभ्न चाहेमा सो विश्वविद्यालय गाभ्न सकिने भएको छ ।

उच्च शिक्षा ऐन २०७६ पारित भएमा विश्वविद्यालय गाभ्न बाधा पर्ने छैन । विश्वविद्यालय गाभ्ने र विघटन सम्वन्धि व्यवस्था अनुसार कुनै विश्वविद्यालय अर्को विश्वविद्यालयमा गाभिन सक्नेछ ।

विश्वविद्यालयहरु गाभ्न मनासिव देखिएमा नेपाल सरकारले त्यस्ता विश्वविद्यालयहरु एक आपसमा गाभ्न स्वीकृति दिनेछ । गाभिन चाहने विश्वविद्यालय र गाभ्ने विश्वविद्यालयले  संयुक्त रुपमा निवेदन दिन सक्नेछन् ।

कुनै विश्वविद्यालय विघटन भएमा विश्वविद्यालयको हकभोगमा रहेको चल अचल सम्पत्तिमध्ये केन्द्रीय विश्वविद्यालयको सम्पत्ति नेपाल सरकारले र प्रदेश विश्वविद्यालयको सम्पत्ति प्रदेश सरकारले कुनै शिक्षण संस्थालाई उपलब्ध गराउन वा अन्य सरकारी प्रयोजनको लागि प्रयोग गर्न, गराउन सक्ने प्राबधान ऐनमा छ ।

कुनै समुदाय वा स्थानीय तहको स्वामित्वमा रहेको विश्वविद्यालयको हकमा विधानमा व्यवस्था भए बमोजिम हुने उल्लेख छ । विश्वविद्यालय खारेज गर्नु अघि नेपाल सरकारले आयोगको सिफारिसमा विश्वविद्यालयको सम्पत्ति र दायित्वको हिसाब गरी फर्छौट गर्न एकजना लिक्विडेटर नियुक्त गर्न सक्नेछ ।

Thuprai - Books and E-books