CMAT

एसईईको नतिजापछि मात्र कक्षा ११ मा भर्ना लिइनु पर्ने, अन्यथा कारबाही गरिने

Thuprai - Books and E-books

एसईईको नतिजा सार्वजनिक नभई कक्षा ११ मा भर्ना लिन नपाइने भएको छ । काठमाडौं महानगरपालिका शिक्षा विभागले ईडियुपत्रले ‘प्रिरजिष्ट्रेसनका नाममा धमाधम भर्ना’ शीर्षकमा समाचार प्रकाशित गरेको तीन घण्टा नबित्दै एसईईको नतिजा प्रकाशन नहुँदै भर्ना लिन नपाउने सबै कलेज तथा विद्यालयलाई निर्देशन दिएको हो ।

काठमाडौं महानगरपालिका,विद्यालय शिक्षा व्यवस्थापन नियमावली,२०७४ को नियम ४८९६० मा भएको व्यवस्था विपरीत कतिपय मा।वि।रकलेजहरुले शैक्षिक सत्र २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन नहुँदै कक्षा ११ मा भर्ना लिन थालेको भन्ने गुनासो आएकोमा यस विभागको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शिक्षा अधिकारी रामप्रसाद सुवेदीले अहिले एक सूचना जारी गरी ‘माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन नहुँदै कक्षा ११ मा भर्ना नलिने, कक्षा ११ मा भर्ना गर्दाको समयमा नै कक्षा ११ र १२ मा विद्यार्थी संग लिइने कुल रकम तोक्नु पर्ने, विद्यार्थी संग रजिष्ट्रेशन दस्तुर परीक्षा शुल्क लिंदा राष्ट्रिय परीक्षा बोर्डले तोकेको शुल्क मात्र लिने ।’ उल्लेख गरेको छ ।

सो सूचना मार्फत महानगर शिक्षा विभागले विद्यार्थीलाई किताब,डे«श,र अन्य शैक्षिक सामग्री विद्यालयले भनेकै स्थानमा खरिद गर्न बाध्य नगर्ने, मावि तथाकलेजहरुले कक्षा ११ र १२ मा विद्यार्थीहरुलाई दिइने सेवा र विद्यार्थीहरुवाट लिइने शुल्क के कति हो सो को विवरण सायन १५ गते भित्र विभागमा पेश गर्न निर्देश्न दिएको छ ।

विभागले सबै विद्यालयले तोकिए अनुसारको छात्रवृत्ति अनिवार्य रुपमा प्रदान गर्नुपर्ने र छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुको विवरण शैक्षिक सत्र शुरु भएको दुई महिना भित्र विभागमा पेश गरिसक्नु पर्ने निर्देशन दिएको छ ।

सो निर्देशन पालना नगर्ने मावि तथा कलेजहरुलाई न कानुन बमोजिम कारवाही गर्ने चेतावनी समेत शिक्षा विभागले दिएको छ ।

I Tech store