TU CMAT

चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा करिब ४३ प्रतिशत मात्र उत्तीर्ण

CMAT

नेपाल मेडिकल काउन्सिलले लिएकमो ६४औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ४२.३२ प्रतिशत चिकित्सिक मात्र उत्तीर्ण भएका छन् ।

असोज ६, ७ र ८ गते सम्पन्न दर्ता प्रमाणपत्र परीक्षामा मेडिकल तर्फ ४३.८९ र डेण्टल तर्फ ३४.८४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन् ।

काउन्सिलका  अनुसार परीक्षामा २ हजार ६० जना सहभागी भएका मध्ये ८ सय ६३ जना उत्तीर्ण भए भने १ हजार १७६ जना फेल भएका छन् । सो परीक्षामा २१ जनाले परीक्षा अनुपस्थित भएका थिए । परीक्षामा सहभागीहरु मध्ये तोकिएको परिचय पत्र नल्याएका कारण १ जनाको परीक्षा स्थगित गरिएको छ।

मेडिकल तर्फ १ हजार ७०५ र डेण्टल तर्फ ३५५ गरी जम्मा २ हजार ६० जना परीक्षार्थीहरु सहभागी भएकोमा मेडिकल तर्फ ७४० र डेण्टल तर्फ १२३  परीक्षार्थी उत्तीर्ण  भएका छन् ।

एमबीबीएस तर्फ ५६ दशमलव ११ प्रतिशत अनुत्तीर्ण भएका छन् । परीक्षामा १ हजार ७०५ जनाले आवेदन दिएका थिए । १ हजार ६८६ जनाले परीक्षा दिएकोमा ७४० जना उत्तीर्ण र ९४६ जना अनुत्तीर्ण भएका छन् ।

सो परीक्षामा  डेन्टल (बीडीएस) तर्फ ६५ प्रतिशत अनुत्तीर्ण भएका छन् । बीडप्एस तर्फ ३५५ जनाले आवेदन दिएकोमा २ जना अनुपस्थित भएका थिए । परीक्षामा सहभागी ३५३ जनामध्ये २३० जना अनुत्तीर्ण भएका हुन् ।

यस अघि गत जेठ १२, १३ र १४ गते लिइएको परीक्षामा समग्रमा ३१.७९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए।

परीक्षाको नतिजामा चित्त नबुझेमा परीक्षार्थीले यो सू पैंतीस दिन भित्र पूनर्योगका लागि  आवेदन दिन सक्ने काउन्सिलले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

Managed Admission 2022
I Tech store
Masters Portal