After SEE Portal

चिकित्सक नाम दर्ता परीक्षामा ३८.३९ प्रतिशत चिकित्सक मात्र उत्तीर्ण

Bridge Course

नेपाल मेडिकल काउन्सिलले बुधबार देखि तीन सञ्चालन गरेको चिकित्सक नाम दर्ता परीक्षा (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

सो परीक्षामा ३८.३९ प्रतिशत चिकित्सक मात्र उत्तीर्ण भएका छन् । परीक्षामा मेडिकल (एमबीबीएस) र डेन्टर (बीडीएस) गरी १ हजार ७२६ जनाले फारम भरेका थिए । अनुसार कुल १ हजार ७०९ जना सहभागिता मध्ये १ हजार ५२ फेल र ६५३ जना चिकित्सक पास भएका छन् ।

सो परीक्षामा १७ जना अनुपस्थित भएका थिए भने, १२ जनाको नतिजा रोकिएको छ ।

एमबीबीएसतर्फ कुल १ हजार ३९२ जनाले फारम भरेकोमा १ हजार ३७८ जना परीक्षामा सहभागी भएका थिए भने ५५८ जना ४०.४९ प्रतिशत मात्रै उत्तीर्ण भएको काउन्सिलले जानकारी दियो ।

त्यस्तै, डेन्टल (बीडीएस) तर्फ कुल ३३४ जनाले फारम भरेकोमा ३३१ जना सहभागी भएका थिए । जसमध्ये ९८ जना २९.६१ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

A Levels MA
Thuprai - Books and E-books