After SEE Portal

कर्णालीमा ‘एक विद्यालय एक स्वास्थ्यकर्मी’

Bridge Course

कर्णाली प्रदेशका १० जिल्लामा कार्यान्वयन हुन लागेको ‘एक विद्यालय एक स्वास्थ्यकर्मी’ कार्यक्रम सञ्चालन गर्न कार्यविधि स्वीकृत भएको छ ।

कर्णाली प्रदेश सरकारले उक्त कार्यविधि स्वीकृत गरेको हो । सामाजिक विकास मन्त्रालयले यो कार्यक्रम कार्यान्वयन गर्नेछ ।

माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन हुने मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले बताए । पहिलो चरणमा १०० माध्यमिक विद्यालयमा मात्र यो कार्यक्रम सञ्चालन हुने उनले जानकारी दिए । विद्यालयमा रहेका विद्यार्थीको पोषणको अवस्थादेखि अन्य कुराको नियमित कुरा समावेश गरिएको उनले बताए ।

A Levels MA
Thuprai - Books and E-books