तीनवटा मोडेल मध्ये एकबाट कुलपति बनाइनुपर्छ

इडियुसञ्जालले सञ्चालन गरेको इडियुटकमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले व्यक्त गरेको विचारको संक्षिप्त प्रस्तुतिः

मध्यपश्चिम विश्वविद्यालयले विद्यार्थीको समस्या समाधान गरेर दशैं अगाडि परीक्षा सक्दै छ । विश्वविद्यालयले बार्षिक क्यालेण्डेरलाई प्रभावित नबानाइ कार्य सम्पादन गरेको छ । सबै पदाधिकारी परीक्षा सञ्चालनमा खटिनु भएको छ । विश्वविद्यालय सञ्चालन तथा व्यवस्थापनका लागि नयाँ गतिमा बढ्दा विभिन्न अवरोध सिर्जना भएपनि म विश्वविद्यालयलाई नवीन उचाइमा लाने सोचमा विचलित भएको छैन । एउटा मिसन लिएर हिडेको म आत्मशक्ति गलेको छैन ।

म कर्णाली अञ्चलनको तत्कालीन जुम्ला जिल्ला २०३४ पछिको कालिकोट नयाँ जिल्लामा २०२२ सालमा जन्मिएको हुँ । निम्न वर्गीय परिवारमा जन्मिएको भए पनि मेरो बुबाआमाको सोच आनुनिक थियो । मैले प्राथमिक तहदेखि नै सबै शिक्षा सरकारी विद्यालय तथा विश्वविद्यालयबाट लिएको हुँ । पढेको हुँ ।हामी खुला चउरमा सिलपाटीमा पढ्थ्यौं । मलाई अहिले सम्म पनि विद्यालयमा प्रथम हुँदा तत्कालीन जिल्ला शिक्षा कार्यालयले प्रदान गरेको  पेन्सिल र कापीको महत्व याद छ । त्यो पुरस्कारले हामीलाई पढाइको महत्व बोध हुन्छ । हामीले त्यतिवेला रुखका बोक्राको मशी र निगालोको पेन बनाएर लेख्यौं । अहिलेको पहाडी कागजमा लेखेर सिक्थ्यौं ।

मैले कक्षा १ देखि ७ सम्म गाउँबाटै गरे । दैलेखको त्रिभुवन हाइस्कुलबाट २०३७ सालमा एसएलसी दिएको हुँ । एसएलसी जम्मा २५६ जनाले दिएका थियौं । कक्षा ८ देखि १० सम्म कक्षा प्रथम भएको म मात्र सो परीक्षामा पास भए । विभिन्न कष्ट सहेर काडमाडौंको अस्कल क्याम्पसबाट आइएससी र बिएससी उत्तीर्ण गरे । त्यहाँ पनि म एक्सलेन्ट नै भएँ । त्यतिवेला नै मैले विविएसीएमईएचको युएनको सिटमा छनोट भए तर म गइन । सामाजिक कार्यमा संलग्न थिए । त्यसपछि पुनः म रसियामा एमडीको लागि छनोट भए तर गईन । नेपालमा स्नातकोत्तर गरेर वैज्ञानिक बन्ने सोच बनाए । त्रिविमा गोल्ड मोडेल पाए । त्यसपछि मैले त्रिविको सेन्टर डिपार्टमा जुलोजी (प्राणीशास्त्र) मा पढाउने अवसर पाएँ । त्यसपछि म ६ महिनाका लागि भिजिट प्रोफेसरका रुपमा जापान जान अवसर पाएँ । त्यसपछि नेपाल फर्किएपछि केन्द्रीय डिपार्टमा नाम निकालेर पा्रणीशास्त्रको केन्द्रीय विभागमा उपप्राध्यापकका रुपमा छनोट भए । त्यसपछि पुनः जापान सरकारको स्कलरसिपमा ग्लोवल छनोटमा परेर द युनिभर्सिटी टोकियोबाट पिएचडी गर्ने अवसर पाए । नेपालका जनजातिको रोगसंग लड्न सक्ने र डिएन, अपराध अनुसन्धानमा अध्ययन गरे पिएचडी गरे । विभिन्न विषयमा बिए उत्तीर्ण गरे । विभिन्न प्रतिश्पर्धापछि म अहिले सिनियर प्राध्यापकका रुपमा कार्यरत भएकै अवस्थामा गोरखापत्रमा मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आव्हान गरेको थाए भएपछि एप्लाई गरे । मेरो भिजनले गर्दा छनोट भएपछि १ वर्ष ६ महिना अघिदेखि उपकुलपतिका रुपमा कार्यारत छु ।

विभिन्न विश्वविद्यालयले आमन्त्रण गरे पनि नेपालका जनजाति तथा जैविक विविधताले नेपाल नै तान्यो र नेपाल नै बसेर अनुसान्धान गर्ने र रेमिट्यान्स भित्र्याउने उद्देश्यले देश बसेर विदेसिएका जनशक्तिलाई नेपाल फर्कन आव्हान गर्दै नेपालमा नै काम गर्दै आएको छु । आर्थिक अभाव भए पनि देश बनाउनुपर्छ भन्ने सोचले नेपाल फर्किएको हुँ ।

जीवन संर्घर्ष हो । अनुभव हो । परिस्थितिले उत्पन्न गरेको वास्तविकता हो । मान्छे जन्मेपछि मर्छ । कसैले मृत्युलाई टार्न सक्दैन । जन्मेको दिनदेखि मरुन्जेलसम्मको यात्रा हो । मैले यात्राका क्रममा भोगेका दुख राष्ट्रले नभोगोस् भन्ने हो ।

लक्ष्मी सरस्वती र काली मान्छेलाई आवश्यक पर्छ । तर तिनवटैलाई एउटैमा ल्याउन सकिदोरहेन छ । विदेशमा सरस्वती राम्रो भएमा लक्ष्मी भित्रने तर नेपालमा सरस्वती भएका मानिसलाई पिकअप गर्ने परम्परा छैन । नेपालमा लक्ष्मिदिएर सरस्वती किन्ने परम्परा छ । त्यसैले म लक्ष्मी दिएर सरस्वती किन्नु हुन्न भन्छु । म्याडम क्युरीको कथा स्मरण गरेर विद्यार्थीले पढ्नुपर्छ । राम्रो सरस्वती भएमा स्वतः लक्ष्मी भित्रिन्छ । वेलगेट्स त्यसै भएका होइनन् । उनले कमाएको सम्पत्ति पनि उनको क्षमताको उपज हो । त्यसैले अपराध गरेर सम्पत्ति कमाउने परम्पराको अन्त्य हुनुपर्छ ।

२१औं शताब्दिको ग्लोबल र्याकिंमा नेपालका विश्वविद्यालय पुग्न सकेका छैनन् । र्याकिं हुनलाई एकेडेमि रिपुटिसन, इम्प्लोइ रपुटिसन, विद्यार्थी भर्ना, आर्टिक्ल प्रकाशन लगायतका सूचक पुरा गर्नुपर्छ । अहिले विश्वमा २८ हजार विश्वविद्यालय छन् । र्याकिं फरकफरकले गर्दै आएका छन् । कुनै पनि आधारले नेपालका विश्वविद्यालय सबै सूचक पुरा गरेर र्याकिंमा पर्न सकेको छैन ।

विश्वविद्यालयलाई राम्रो बनाउन एउटा विश्वविद्यालयलाई कम्तीमा एक अर्ब बजेट चाहिन्छ । सो भएमा प्रयोगशाला उन्नत हुन्छन् । विज्ञ प्राध्यापक हुन्छन् । शिक्षामा परिवर्तन गर्न जसजसले जुन ठाउँबाट आफ्नो जिम्मेवारी दिएको लिएको हो सो पुरा गरेमा सम्भव छ । त्यसका लागि आधुनिक एकेडेमि एक्स्लेन्, पाठ्यक्रम, आर्थिक वृद्धि, अन्तर्राष्टिय प्राध्यापक, सुविधा सम्पन्न भौतिक संरचना भएमा उच्च शिक्षामा विदेशी विद्यार्थीको आकर्षण सतप्रतिशत हुन्छ । कसैलाई कसैले आरोप लगाएर परिवर्तन हुँदैन । सबैले आफ्नो जिम्मेबारी निर्वाह गर्न जरुरी छ ।

प्राज्ञिक क्षेत्रमा राजनीतिक व्यत्तित्व हुँनुहुँदैन भन्ने विषयले बजारमा मसालाको काम गरेको छ । वास्तवमा ११ वटा विश्वविद्यालय, अध्ययन संस्थान र प्रदेश स्तरीय विश्वविद्यालय खुल्दैछन् तिनीहरुमा प्रधानमन्त्री पुग्न सम्भव छैन । कुलपतिका विषयमा चर्चा गर्दा बोर्डअफ ट्रस्टीको अवधारण अघि बढाएर विश्वका अभ्यासलाई एउटा मोडलका रुपमा लिएर ट्रस्टी मार्फत् कुलपति नियुक्त हुने कानुन निर्माण गरियो भने काम गर्न सहज हुन्छ । वा राज्यको प्रमुख वा राष्ट्रपतिलाई कुलपति बनाउने वा प्रधानमन्त्रीलाई नै कुलपति हुने यथावत राख्नु पर्यो ।