विद्यार्थीको नेतृत्व सिप विकास गराउने उद्देश्यले दुर्गामहालिङ्ग माध्यामिक विद्यालय चौका छान्ना बझाङले आज एक दिन विद्यार्थीलाई प्रधानाध्यापक बनाएको छ ।
विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत नमुना प्रधानाध्यापकका रुपमा कक्षा १२ मा अध्ययनरत छात्रा करुणा खत्रीलाई आजको विद्यालयको प्रधानाध्यापक बनाएको हो ।
उनकै निर्देशनमा आजको अतिरिक्त क्रियाकलाप, विद्यालय सरसफाइ लगायतका कार्यक्रम् सञ्चालन गरिएको विद्यालयले जानकारी दियो ।
बिद्यार्थीहरूबाटै १ दिने प्रधानाध्यापकको अवधारणा अन्तर्गत विद्यार्थीलाई जिम्मेबारी प्रदान गरिएको हो । विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा पहिचान गराउने लक्ष्यका साथ विद्यालयका प्रधानाध्यापक उमेश रोकायाले ल्याएको अवधारणा प्रभावकारी रहेको विद्यालयका शिक्षक लिलाधर ओझाले जानकारी दिए । ‘ यस्ता कार्यक्रम बाट विद्यार्थीहरुमा अनुशासित उत्तरदायित्व बनाउन सहयोग मिल्ने छ ।’ उनले भने, ‘विद्यार्थीमा जिम्मेवारी वहन गर्ने नेतृत्व सिप बढ्ने विश्वास विद्यालयको छ।’