अक्षकोषका लागि दुई लाख सहयोग

बेझाड २८ माघ (रासस) ः विद्यालयको पढाइस्तर सुधार्न पाल्पा, रामपुर नगरपालिका– १स्थित चन्द्रोदय माध्यमिक विद्यालयमा स्थापित एक कोषका लागि सहयोगस्वरुप रू दुई लाख प्राप्त भएको छ । 

विद्यालयमा अध्ययनरत विद्यार्थीको पढाइको स्तर खस्किएको देखेर त्यसलाई सुधार्न जापानी ताकेडाले अक्षयकोष स्थापना गर्नुभएको थियो । सो कोषको श्रीवृद्धिका लागि अर्का जापानी काजुमासा काकीमी (ओकेबाजे) ले प्रधानाध्यापक टङ्कनाथ पोखरेललाई उक्त रकम बराबरको चेक प्रदान गर्नुभयो । 

उक्त विद्यालयमा एसइई परीक्षा उत्तीर्ण भई विज्ञान विषय लिएर बिएस्सीसम्म अध्ययन गर्न इच्छुक गरीब, जेहेन्दार, विपन्न र दलित विद्यार्थीका लागि उक्त कोषबाट प्राप्त व्याज रकमबाट सहयोग उपलब्ध गराइने प्रधानाध्यापक पोखरेलले बताउनुभयो । 

आर्थिक अवस्था नाजुक हुँदा कतिपय विद्यार्थीले एसइई परीक्षा उत्तीर्ण गरेपछि पढाइ छाड्ने गरेकाले ओकेबाजेकै पहलमा ताकेडाले सहयोग सो गर्नुभएको हो ।