After SEE Portal

नेविसङ्घद्वारा नियमविपरीत भर्ना गरेर पढाउने कलेजलाई कारवाहीको माग

Bridge Course

काठमाडौँ, १७ चैत (रासस) : नेपाल विद्यार्थी सङ्घले नियमविपरीत भर्ना गरेर पढाउने कलेजलाई कारवाहीको माग गरेको छ । 

नियमविपरीत विगत सात महीनादेखि महङ्गो शुल्क लिएर पढेका विद्यार्थीलाई विश्वविद्यालयले परीक्षा लिन अस्वीकार गरेको भन्दै नेविसङ्घले त्यस्ता कलेजमाथि कारवाहीको माग गरेको हो । 

नेविसङ्घका नेता नवराज त्रिपाठीले उपत्यकाका एपेक्स, राजधानी, सायम, युनिग्लोबलगायत कलेजले नियमविपरीत ३९१ विद्यार्थीलाई भर्ना गरेर परीक्षा दिने वातावरण नबनाएकाले आन्दोलन गरेको जानकारी दिनुभयो । 

“कलेजहरु शिक्षा दिने थलोभन्दा पनि ठग्ने थलोको रुपमा विकास हुँदै गएकाले हामी आन्दोलन गर्न बाध्य भएका हौँ”, उहाँले भन्नुभयो । क्याम्पसमा भर्ना गराउने तर परिक्षा दिनबाट बञ्चित गराउने राज्यको नीति ठिक नभएको उहाँको भनाइ छ । 

विद्यार्थीहरुले सात लाख शुल्क तिरेर पढेपनि परीक्षा दिन भने पाएका छैनन् । पीडित विद्यार्थीको भविश्य सुनिश्चित नगरेसम्म नेविसङ्घले निरन्तर आन्दोलन गर्ने नेता त्रिपाठीले बताउनुभयो । विभिन्न कलेजमा आन्दोलन गर्ने क्रममा नेविसङ्घका ११ नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

A Levels MA