After SEE Portal

अब अनलाइन कक्षा नियमित पाठ्यभारका रुपमा (निर्देशिका सहित)

Bridge Course

त्रिभुवन विश्वविद्यालयले विद्युतीय माध्यम अनलाइनबाट गरिने कक्षा सञ्चालन सम्वन्धी निर्देशिका जारी गरेको छ । निर्देशिकामा अनलाईन कक्षालाई व्यवस्थित गर्ने सवालका विषयहरु समेटिएका छन् ।

कक्षा सञ्चालन गर्न हरेक विभाग, क्याम्पस, स्कुलले गुणस्तरीय इन्टरनेट, ल्यावटप तथा कम्प्युटर फोन तथा वैकल्पिक विजुलीको व्यवस्था मिलाउनुपर्नेछ ।

शिक्षक, कर्मचारीहरुले अनलाइन कक्षाको समयमा औपचारिक पोषाक लगाउनुपर्ने मापदण्ड तयार पारिएको छ ।

अनलाइन कक्षालाई प्रभावकारी बनाउन सम्वन्धित निकायमा आवश्यकता अनुसार विज्ञहरुको समूह बनाउने विषय  निर्देशिकामा समेटिएको छ । निर्देशिकामा एक हप्ताभित्र विद्यार्थी र शिक्षकहरुको वस्तुपरक अवस्थाको तथ्याकं सम्वन्धित निकायलाई दिने उल्लेख छ ।१० चैतदेखि सुरु भएको अनलाइन कक्षालाई नियमित पाठ्यभारका रुपमा गणना गरिने भएको छ ।

१० चैतदेखि सुरु भएको अनलाइन कक्षालाई नियमित पाठ्यभारका रुपमा गणना गरिने भएको छ ।

अध्ययनरत विद्यार्थीहरुका लागि अनलाइन कक्षा तालिका तथा विद्यार्थी जानकारी सिट अग्रिम रुपमा तयार पार्नुपर्नेछ । सम्पूर्ण विद्यार्थी र शिक्षकहरुको हाजिरी रेकर्ड बनाउनुपर्ने त्रिविले जनाएको छ । 

शिक्षकहरुले कक्षा सञ्चालन गर्दा अन्तकृयालाई प्राथमिकता दिनुपर्ने निर्देशिकामा उल्लेख छ ।निर्देशिकामा प्रत्येक अनलाइन कक्षाको रेकर्ड गर्नुपर्ने भनिएको छ । शिक्षक, कर्मचारीहरुले अनलाइन कक्षाको समयमा औपचारिक पोषाक लगाउनुपर्ने मापदण्ड तयार पारिएको छ ।

 

A Levels MA
Thuprai - Books and E-books