नोबेल मेडिकल कलेज तनावग्रस्त

विराटनगरको नोबेल मेडिकल कलेजमा केही समय अघि तोडफोड भएको छ।

अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई थोरै विद्यार्थीलाई मात्रै लिएर कक्षा सुरुभएपछि भएको विवाद आज तोडफोडमा परिवर्तन भएको हो।

सो घटनामा आन्दोलनरत केही विद्यार्थीहरु घाइते भएको पीडित विद्यार्थीले जानकारी दिए । विवाद साम्य नहुन्जेल कक्षा रोक्ने सहमतिविपरीत नोबेलले कक्षा चलाएपछि एमबीबीएस प्रथम वर्षका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् उनीहरूलाई साथ दिन पुगेका विद्यार्थी संगठनका नेताहरूले कलेज तोडफोड गरेका हुन्। विशेष सूत्रका अनुसार अहिले नोबेल परिसर तनावग्रस्त बनेको छ।

Degrees offered in nepal
Counseling
Bachelors Portal