शिक्षक सेवा आयोगले भोलि निम्न माध्यमिक तहको खुला तर्फको २ हजार ५९८ दरबन्दीका लागि विज्ञापन गर्ने भएको छ । आगामी पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माघ १३ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सक्ने आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए ।
सो विज्ञापनको सामान्य तर्फको परीक्षा आगामी चैत्र १७ गते सञ्चालन हुने भएको उनले जानकारी दिए । विज्ञापन भोलिको गोरखापत्रमा प्रकाशन हुने छ । परीक्षा आवेदन फाराम भर्नुपर्ने आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए ।
प्रवक्ता मरहठ्ठाका अनुसार माविको १ हजार ५ पाँच सय ६५ पदका लागि विज्ञापन गरिसकेको छ । भने, १० दिन भित्र प्राविका लागि १३ हजार ९३शिक्षक पदपूर्तिका लागि विज्ञापन हुने भएको छ ।